नुवाकोटका भैरवजंग पाण्डेको धनगढीमा मृत्यु
विदुर खबर
२०७६ फागुन २९ गते २०:५८

नुवाकोट । धनगढीमा चल्दै गरेको अटोमा बेहोस भएका एक जनाको सेती प्रादेशिक अस्पताल लैजादै गर्दा मृत्यु भएको छ। भारतबाट आएका उनी मोहना पुल नजिकै अटोमै बेहोस भएका थिए।
उनको साथमा भेटिएको नागरिकता अनुसार उनको नाम भैरवजंग पाण्डे रहेको र उनी नुवाकोटको विदुर नगरपालिका–१ निवासी भन्ने खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
‘मृतकको अस्पताल ल्याउनुभन्दा अगाडि नै ज्यान गइसकेको थियो’ सेती अस्पतालनका डाक्टर विष्णु जोशीले भने, ‘उनको साथबाट प्रेसरको औषधि भेटिएको छ तर मृत्युको कारण पोस्टमार्टमपछि मात्रै खुल्ने छ।’
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया