नुवाकोटमा मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम शुरु
नुवाकोट । वागमती प्रदेश सरकारले घोषणा गरेको मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम जिल्ला अस्पताल त्रिशुलीमा शुरु गरिएको छ ।
मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रममा वडा कार्यालयको सिफारिसमा अति गरिब, महिला, दलित र बिपन्नलाई निःशुल्क स्वास्थ्य परीक्षण गरिनेछ । जिल्ला अस्पतालमा वडाको सिफारिस लिएर आउने अति विपन्न, दलित, जनजाति, लोपोन्पोमुख, सहिद परिवारलगायत द्धन्द पीडित नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरिनेछ । नसर्ने रोगहरुको समयमा निदान गर्ने उदेस्य सहित सञ्चालित उक्त कार्यक्रम चालु आर्थिक वर्षमा जिल्लाको विदुर नगरपालिका र बेलकोटगढी नगरपालिकामा रहेका नागरिकहरुको निशुल्क उपचार गरिने छ ।
विदुर नगरपालिकाको १३ र बेलकोटगढी नगरपालिकाको १३ वडा गरी २६ वडाको २५÷२५ जनाको निशुल्क उपचार गरिने जिल्ला अस्पताल त्रिशुलीका मेडिकल सुपरिटेन्डेन डाक्टर रेमकुमार राइले बताउनुभएको छ । दुई स्थानीय तहका वडाहरुले सिफारिस गरेका विरामीहरु बहेक मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यत्रममा सहभागि हुन चाहानेलाई २५ प्रतिशत छुटमा सेवा पाउने डाक्टर राइले बताउनुभएको छ ।
मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रमको उद्घाटन कार्यक्रमलाई संवोधन गर्नुहुदै जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले वडा कार्यालयबाट सिफारिस गर्दा विशोध्यान दिनुपर्ने बताउनुभएको छ । उहाँले सबै पक्षलाई अपनत्व दिलाउने गरि उक्त कार्यक्रमलाई सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।
यस्तै विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले अस्पताल व्यवस्थापन समिति र अस्पतालमा कार्यरत कर्मचारीहरुलाई गुणस्तरीय सेवा प्रवाह गर्न आग्रह गर्नुभएको छ । नुवाकोट, रसुवा र धादिङको केन्द्रविन्दुमा रहेको जिल्ला अस्पतालको प्रगतिको लागि नगरपालिकाले आवस्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । यस्तै प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले सेवालाई प्रविविसँग जाड्न आग्ह गनुृभएको छ । कार्यक्रममा बेलकोटगढी नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष रामहरी पाण्डेले विरामीको सिफारिस गर्दा पारदर्शिता कायम गर्ने बताउनुभएको छ ।
यस्तै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अर्जुन न्यौपानेले नसेर्ने रोग फैलदा अवस्थामा रहेकोले त्यसलाई न्यूनिकरण गर्न अस्पताल पक्ष सक्रिय रहेको बताउनुभएको छ । वागमती प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयद्धारा सञ्चालित मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम हरेक हप्ताको मंगलबार र बुधबार सञ्चालन हुने बताइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया