नुवाकोटबाट यस वर्ष एसईईमा ४ हजार ३ सय परिक्षार्थी सहभागी हुदै

विदुर खबर २०७६ फागुन २८ गते २०:२३

नुवाकोट । आगामी चैत ६ गते देखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसईईको तयारी नुवाकोटमा अन्तिम चरणमा पुगेको छ ।
नुवाकोटमा यस वर्ष ४ हजार ३ सय ६ जना परिक्षार्थी सहभागी हुने भएका छन् । नियमित तर्फ ४ हजार १ सय ६५ र ग्रेड वृद्धि तर्फ ८५ जनाले परीक्षा दिने शिक्षा विकास तथा समन्वय ईकाई नुवाकोटका प्रमुख अर्जुनबहादुर श्रेष्ठले बताउनुभएको छ । यस्तै, प्राबिधिक तर्फका ५६ जना परिक्षार्थीले च्वाडी पब्लिक मावि माझिटारबाट परिक्षा दिनेछन् । नुवाकोट जिल्लाका २४ परीक्षाकेन्द्रमा सञ्चालन हुने परीक्षामा प्रश्नपत्र, उत्तरपुस्तिका लगायत अन्य सामग्री पठाउने तयारी भएको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ ।

Advertisement

एसईई परिक्षामा सबै भन्दा बढी भबानी मावि रानीपौवा केन्द्रबाट २ सय ३१ जना र सबै भन्दा कम बागेश्वरी मावि परिक्षा केन्द्रमा ८८ जना परिक्षार्थी रहेका छन् । परिक्षा केन्द्रहरु मध्ये दुई वटा निजी विद्यालय र २२ वटा सामुदायिक विद्यालयहरु छन् भने सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष्को जिम्मेवारी दिइएको छ ।

त्यस्तै, शिक्षा विकास तथा समन्वय ईकाई नुवाकोटका प्रमुख अर्जुनबहादुर श्रेष्ठले परीक्षामा सुरक्षाको सबै व्यवस्था मिलाएकोले ढुक्क भएर परीक्षा दिने वातावरण मिलाउन केन्द्राध्यक्षहरुलाई आग्रह गरेका गर्नुभएको छ । चैत ६ गते देखि १७ गते सम्म संचालन हुने एसइइको परिक्षा बिहान ८ बजेदेखी ११ बजेसम्म हुने र प्राविधिक धारको भने शनिबार समेत परिक्षा सञ्चालन हुने छ ।

Advertisement

सरकारले नयाँ शिक्षा ऐनमा विद्यालय तहको अन्तिम परीक्षा राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ मा सञ्चालन गर्ने उल्लेख भएपछि २०७३ सालदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) का रूपमा परीक्षा लिन थालिएको हो ।

प्रतिक्रिया