नुवाकोटमा माक्सको चरभ अभाव, प्रशासनको छड्के अनुगमन
बट्टार । नुवाकोटमा माक्सको चरम अभाव भएको छ ।
बुधवार जिल्ला प्रशासन कार्यलयका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेको नेतृत्वमा भएको मेडिकलहरुको अनुगमनको क्रममा जिल्लामा माक्सको चरम अभाव भएको तथ्य सार्वजनिक भएको हो । अनुगमन टोलीले विदुर र बट्टारमा रहेका मेडिकलहरुको अनुगमन गर्दा माक्सको चरम अभाव भएको नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकारी दिनुभयो ।
अनुगमनको क्रममा जिल्लामा कुनैपनि किसिमको माक्स भेटिएको छैन सहायक प्रजिअ गैरेले भन्नुभयो । कोराना भाइरसको कारण जिल्लामा माक्सको अभाव भएको गुनासो बढेपछि जिल्ला प्रशासनले जिल्लामा भएका विभिन्न मेडिकल पसलहरुको अनुगमन गरेको हो ।
यसैविच बुधवार नै अनुगमन टोलिले जिल्लाका विभिन्न ८ ओटा किराना पसलहरुको अनुगमन गरेको छ । किराना पसलहरुको अनुगमनको क्रममा म्याद गुर्जेको खाद्य सामाग्री भेटिएको घरेलु कार्यालय नुवाकोटका प्रमुख तारादत्त भट्टले जानकारी दिनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













ओली बाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन्ः
एक करोड रुपैयाँ संकलन गर्दै महायज्ञ सम्पन्न
वामदेव गौतम नेतृत्वको पार्टी खारेज
न्युजिल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने युवक पक्राउ
बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार 





प्रतिक्रिया