कोरोनाले नेपालको पर्यटन व्यवसाय धरासायी, होटलको अकुपेन्सी दरमा संकुचन

विदुर खबर २०७६ फागुन २१ गते १९:४९

नुवाकोट । कोरोनाभाइरसको प्रभावले नेपालको पर्यटन व्यवसाय धरासायी बन्ने मोडमा पुुगेको छ।

Advertisement

विदेशी मुुद्रा आर्जनको मुख्य स्रोतका रुपमा रहेको पर्यटन व्यवसायमा यतिबेला मन्दी छाएको छ। कोरोनाभाइरसको प्रभावले पर्यटन व्यवसायसँगै प्रत्यक्ष सरोकार राख्ने होटल र ट्रेकिङ व्यवसायको व्यापारमा व्यापक कमी आएको छ। नेपाल पर्यटन विभागमा दर्ता भएका १३० वटा तारे होटल, ६२५ वटा पर्यटकीयस्तरका होटल र २२६ वटा होमस्टे सेवामा पर्यटकीय चहलपहल पातलिएको छ। होटलको अकोपेन्सी दर १३ प्रतिशतमा खुुम्चिएको छ। होटल एसोसिएसन अफ नेपाल (हान) का अनुुसार नेपालमा तारे र बेतारे होटलको कोठा संख्या २५ हजार रहेको छ। जसमध्ये २० हजार ३०० काठमाण्डौ उपत्यकामा र बाँकी रहेको ४ हजार ७०० उपत्यका बाहिरका सहरहरुमा रहेका छन्।

धमाधम रद्द भइरहेको अन्तर्राष्ट्रिय उडानले गर्दा पर्यटकले प्रिबुुकिङ गरेका होटलका कोठाहरु रद्द भइरहेका छन्। झन त्यसमाथि विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिम भएको देशमा राखेकाले विदेशी पर्यटक नेपाल आउन हिच्किचाइरहेको होटल व्यवसायीहरु बताउँछन्। नेपालको पर्यटन व्यवसायका लागि चीन दोस्रो ठूलो बजार हो। चीनको हुुवेई प्रान्तस्थित वुुहान सहरबाट फैलिएको कोरोनाभाइरसको संक्रमणसँगै चीनबाट नेपाल आउने पर्यटकको संख्या फेब्रुुअरी महिनामा व्यापक कमी आएको छ। अध्यागमन विभागका अनुुसार फेब्रुुअरी महिनामा नेपालमा ३ हजार २८५ चिनिया पर्यटक हवाई मार्ग हुुँदै भित्रिएका छन्। गत वर्षको सोही अवधिमा भने १४ हजार १६१ पर्यटक हवाई मार्ग हँुुदै नेपाल आएका अध्यागमन विभागले जनाएको छ।

Advertisement

कोरोनाभाइरसले पर्यटन क्षेत्र प्रभावित भएसँगै काठमाण्डौसहित देशका अन्य सहर चितवन, पोखरा, भैरहवा, विराटनगरका होटलहरु पनि सुनसान बन्न थालेका छन्। होटलहरुमा अहिले फ्याटफुुट्ट भारतीय र युुरोपियन पर्यटकमात्रै देखिन्छन्।होटल एसोसियसन अफ नेपाल (हान) का महासचिव साजन शाक्यले कोरोनाभाइरसले नेपालको होटल व्यवसाय नाजुुक अवस्थामा पुुगेको बताए। अन्तर्राष्ट्रिय उडानहरु रद्द भइरहेकाले पर्यटकको संख्यामा कमी देखिएको उनले बताए। होटलका मुख्य ग्राहक विदेशी पर्यटक हुुने गरेको र आन्तरिक पर्यटक ज्यादै न्यून हुुने भएकाले समस्या देखिएको उनको भनाइ छ।

कोरोनाभाइरसले सारा विश्व नै आक्रान्त भइरहेकोले नेपालको पर्यटन क्षेत्रलाई समेत असर पुुर्याउनुु स्वभाविक भएको शाक्यको बुुझाइ छ। होटल क्षेत्रमा देखिएको समस्यासँग जुुध्न सरकारसँग आफूुहरुले लबिङ गरिरहेको उल्लेख गर्दै उनले भने, ‘होटल सञ्चालन गर्न व्यवसायीहरुले बैंकबाट ऋण लिएका छन्। सरकारले त्यस्तो ऋणको ब्याज मिनाहा गर्नुुपर्छ कि त एक वर्षपछि तिर्ने गरी व्यवस्था मिलाइदिनुुपर्यो।’

Advertisement

होटल व्यवसायको व्यापार ९० प्रतिशत घटेकाले आम्दानी घटिरहेको अवस्थामा सरकारले होटलको घरजग्गा करमा पनि छुुट दिनुुुपर्ने शाक्यले बताए। ‘होटल चलाउनै गाह्रो परिरहेको छ। कतिपय होटलहरुले रकम अभावले अस्थायी कर्मचारीलाई कामबाट बिदाइ गरिरहेका छन्’, उनले भने।

पर्यटन व्यवसायसँग जोडिएको अर्काे मुख्य क्षेत्र ट्रेकिङ व्यवसाय पनि कोरोनाभाइरसबाट प्रभावित बनेको छ। ट्रेकिङका लागि विश्वमा परिचित नेपालका पदमार्गहरु यतिबेला पर्यटकविहीन बन्न पुुगेका छन्।

ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपालमा आबद्ध १ हजार ७३८ वटा ट्रेकिङ कम्पनीहरु पनि अहिले पर्यटक अभाव झेलिरहेका छन्। एसोसियसनकी महासचिव सरिता लामाले अन्तर्राष्ट्रिय उडानमा ७८ प्रतिशतले कमी आएकाले ट्रेकिङ गर्न आउने विदेशी पर्यटक घटिरहेको र बुुकिङ पनि रद्द भइरहेको बताइन्। यद्यपि लामाद्वारा जारी विज्ञप्तिमा विदेशी पर्यटकको नेपाल भ्रमण सुरक्षित हुने दाबी गरिएको छ।

प्रतिक्रिया