प्रधानमन्त्रिको स्वास्थ्यलाभको कामना गर्दे शान्तिपूजा आयोजना

विदुर खबर २०७६ फागुन २१ गते १४:२२

देविघाट ।प्रधानमन्त्रि केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ देविघाटमा रहेको जालपादेविको मन्दिरमा शान्ति पूजा गरिएको छ ।

Advertisement

अनेरास्वीयु नुवाकोटको आयोजनामा शान्ति पूजा आयोजना गरिएको बताइएको छ । शान्ति पुजामा विदुर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष शिव चित्रकार, वडा नम्बर ६ का वडाध्यक्ष राजु सडौला, बुद्धि प्रधान, दामोदर नेपाल नवीन प्रधान अनेरास्ववियु नुवाकोटका संयोजक बिस्णु दाहाल,क्याम्पस कमिटि अध्यक्ष बिस्णुहरि रिमाल लगायतको उपस्थिति रहेको थियो ।

सान्ति पुजामा बिन्दा ढुङ्गाना बुद्दि प्रधान राजु सडौला टलकमान श्रेष्ठ शिव चित्रकार अनेरास्ववियु जिल्ला अध्यक्ष बिस्णु दाहाल क्याम्पस कमिटि अध्यक्ष बिस्णुअरि रिमाल सत्य रिमाल लगायतको उपस्थिति रहेको थियो ।

Advertisement

प्रतिक्रिया