दुव्यर्सन रोक्न नुवाकोट प्रहरीको अभियान शुरु

विदुर खबर २०७६ फागुन १९ गते २०:२६

नुवाकोट । पछिल्लो समयमा लागुऔषध सेवनकर्ताको वृद्धिसगैँ यसको न्यूनिकरणका लागि नुवाकोट प्रहरीले सप्ताहव्यापी लागुऔषध दुव्यर्सन तथा ओसारपसार विरुद्धको अभियान शुभारम्भ गरिएको छ ।

Advertisement

वागमती प्रदेश प्रहरी कार्यालयको क्लिन कागमती प्रदेश अभियान अन्र्तगत जिल्ला प्रशासन कार्यालय नुवाकोटको संयोजन र जिल्ला प्रहरी कार्यालय नुवाकोट र विदुर नगरपालिका कार्यालयको आयोजना सदरमुकाम हात्तीगैडा कोलनीमा अभियान शुभारम्भ गरिएका हो ।

एक भव्य समारोहका विच जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ्ग, विदुर नगरपालिकाको प्रमुख सन्जु पण्डित र वागमती प्रदेश प्रहरी कार्यालय हेटौँडका निमित्त प्रमुख एसएसपी किशोर दाहालले दिप प्रज्वलन गरि संयुक्त रुपमा शुरु गरेका थिए ।सो अवसरमा लागु औषध मुक्त नुवाकोट जिल्ला स्थित सबै निकायहरुले आ आफ्नो ठाउँँबाट प्रतिवद्धता जनाएका थिए । साथै कार्यक्रमका व्यक्तहरुले लागु औषधको दुरुपयोको समस्या दिनानुदिन भुषको आगो झै फैलिर्दै गएकोमा चिन्ता व्यक्ता गरेका छन् ।

Advertisement

कार्यक्रमका प्रमुख अतिथि जिसस नुवाकोटका प्रमुख सन्तमान तामाङ्गले सबै आ आफ्नो क्षेत्रबाट क्षमता अनुसार लागुऔषध नियन्त्रणमा कडा रुपमा प्रस्तुत हुन अपिल गरेका छन् । भने यसको नियन्त्रणका लागि जिल्ला भरि नै सञ्चालन हुने यस्ता गतिविधिमा जिससले सहयोग, समन्वय र सहभागीता जनाउने प्रतिवद्धता जनाए ।यसैगरि नुवकोटका प्रमुख जिल्ला अधिकारी द्रोण पोख्रेरलले सुखी र समृद्ध नुवाकोट बनाउने अभियानकै क्रममा आफुहरुले लागुऔँषध न्यूनिकारण सप्ताह अभियानकै रुपमा लिएर आएको बताए ।

कार्यक्रममा जागमती प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख किशोर दाहालले लागु ओषधका कारोबारीले अहिले आफ्नो व्यापार यूवा विद्यार्थी मार्फत संचालन गर्दै आईरहेको जिकिर गर्दै आफ्ना सन्तानको क्रियाकलापप्रति चनाखो हुन तमाम अभिभावकहरुलाइ आग्रह समेत गरे । “हुनत लागु औषध प्रयोग तथा यसको विक्रि वितरण अपराधिक कार्य हो भन्ने जनचेतना फैलाउँदै आएका छौँ उनले भने यसलाई नियन्त्रण गर्नुमा युवाको भुमिका महत्वपूर्ण रहने भन्दै उहाँले प्रहरी युवा शक्तिको सहकार्यबाट यस्ता कार्यको न्यूनिकरण गर्नु पर्नेछ

Advertisement

नुवाकोट २०७३ ७४ मा २ वटा मुद्दामा ३ जना पक्राउ, २०७४ ७५ मा २ वटै मुद्दामा ७ जना पक्राउ, २०७५ ७६ मा ३ वटा मुद्दामा ६ जना पक्राउ र २०७६ ७७ को हालसम्म ७ वटम मुद्दामा १३ जना पक्राउ र १ जना फरार रहेको उल्लेख छ । जस अन्र्तगत विदुर नगरपालिकामा ११ वटा, वेलकोटगढी नगरपालिकामा १ वटा, ककनी गाउपालिकामा २ वटा गरि १४ वटा मुद्दा चलाई कार्वाही गरिसेको नुवाकोट प्रहरी प्रमुख काफ्ले जानकारी गराए ।

अहिले विशेष अभियानको रुपमा सामुहिक रुपमा प्रतिवद्धता गर्दै गाउँ टोल हुदै निर्मुल पार्ने कार्य थालेको बताउदै यो सुरुवता भए पनि निरन्तर रुपमा अन्त्य गर्ने कार्यसम्म लाग्ने उनले बताए । यस्तै कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख सन्जु पण्डितले लागुऔषध नियन्त्रण गर्न जनप्रतिनिध सक्रिय रुपमा लागेको बताउदै समन्वय सहयोगसगैँ यस्ता अयिभानलाई आफ्नो अभियानका रुपमा हरेको बताए । साथै अभिभावकहरुले आफ्ना परिवार यस्ता कुलतमा लागेको कुरा लुकाउन नहुने बताउदै अनि मात्रै सुखी र समृद्ध नुवाकोट बन्ने बताए । यस्तै उनले स्वास्थ्य विदुर नगर बनाउन पूर्ण रुपमा सहयोग गर्न प्रतिवद्धता जनाए । एकरुपताका साथ हामी सबै मिलेर अबको समृद्ध समाज निर्माण गर्न यो अभियान जुरुरी रहेको विदुर नगरपालिकाकी उपमेयर गीताकुमारी दाहालले बताईन् ।लागुऔषधका कारण धेरै अभिभावकहरु पिडामा रहेको अवस्थामा यो अयिभानले नुवाकोटलाई लागुऔषध मुक्त जिल्ला बनाउन ठुलो सफलता मिल्ने उपभोक्ता हकहित संरक्षण मञ्च नुवाकोटका अध्यक्ष ईन्द्रबहादुर पण्डितले बताए ।

प्रहरीले यस्तो अभियानमा शुस्म रुपमा सञ्चालन गरेर विशेष अप्रेशननै चलाएर काम गर्न राप्रपा संयुक्त नुवाकोटका अध्यक्ष कुलबहादुर खड्कीले सो अवसरमा अनुरोध गरेका छन् । लागुऔषध सबैको साझा समस्या भएको भन्दै घर टोल वस्ती वस्तीबाटै न्यूनिकरण गर्दै सम्भ समाज सुखी घर निर्माण गर्नुपर्ने नेकपा नुवाकोटका प्रतिनिधि बुद्धि प्रधानले बताए । जिल्ला प्रशासन कार्यालय नुवाकोटका प्रशासकीय अधिकृत धर्मदत्त भट्टले सञ्चालन गरेको कार्यक्रम सुरु हुनु पूर्व विदुर स्थित भैरव माविबाट सुरु भएको र्यालीले विदुर नगर परिक्रममा गर्दै सभामा परिणत भएको थियो । सो अवसरमा जिल्ला स्थित विभिन्न संघसंस्था कार्यालय र शिक्षण संस्थाबाट र्याली लागुऔषध नियन्त्रण जनाउने विभिन्न प्ले कार्डसहित नारा समेत लगाएका थिए ।

प्रतिक्रिया