नुवाकोटका नेता महेन्द्रवहादुर पाण्डे चीनको राजदुतमा सिफारिस
नुवाकोट । सरकारले नुवाकोटका नेता महेन्द्रवहादुर पाण्डलाई चीनको राजदुतमा सिफारिस गरेको छ ।
मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले उनलाई चीनको राजदुतमा सिफारिस गरेको हो ।चीनका लागि नेपाली राजदूत लीलामणि पाैड्याललाई फिर्ता बाेलाएर पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई चीनका लागि राजदूतमा सिफारिस गर्ने निर्णय समेत गरेकाे हो ।
ओलीले अघिल्लाे पटक सरकार हाँक्दा नै पाण्डेलाई चीनका लागि नेपाली राजदूत बनाउन खाेजेका थिए। उनी नेतृत्वको सरकारले पाण्डेलाई राजदूतमा सिफारिस समेत गरेकाे थियाे।तर, ओली सरकार ढलेपछि कांग्रेस-माओवादी केन्द्रको समीकरण बन्याे। र, नयाँ सरकारले उक्त सिफारिस रद्द गर्दै पौड्याललाई सिफारिस गरेको थियो।
अहिले नेकपा नेतृत्वको सरकार छ। नेकपा तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकता पश्चात गठन भएको पार्टी हो। ओलीले प्रधानमन्त्री सम्हालेको २ वर्ष पुगेपछि फेरि पाण्डेलाई नै राजदूत सिफारिस गरेका हुन्। आइतबारको मन्त्रिपरिषद् बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले पाण्डेको नाम चीनका लागि नेपाली राजदूतमा प्रस्ताव गरेका थिए।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया