विवाद रहित कुनै पार्टी हुँदैन : अध्यक्ष दाहाल
नुवाकोट । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले विवाद रहित कुनै पार्टी नै नहुने बताएका छन् । नेकपा वागमती प्रदेश कमिटीको राजनैतिक प्रशिक्षण तथा भेला कार्यक्रम बोल्दै उनले विवाद रहित भएको दिनदेखि पार्टी नै नचाहिने बताए ।
उनले भने,’कम्युनिस्ट जमेको पोखरीको पानी जस्तो होइन। द्वन्द्वात्मक भौतिकवादी हुन्छ, यो गडगडाउने खोला जस्तो हो। यो शान्त भइदिए हुन्थ्यो, शिष्ट भइदिए हुन्थ्यो, एकमुख भएर हिँडिदिए हुन्थ्यो भन्ने लाग्न सक्छ। तर, साँच्चै विवाद रहीत भएको दिनदेखि पार्टी नै चाहिँदैन।’ दाहालले कम्युनिस्ट आन्दोलन साम्यवादमा नपुग्दासम्म पार्टीभित्र विवाद, संघर्ष, भूमरी परिराख्ने, ठक्कर खाने भइराख्ने बताएका छन्। उनले ती परिस्थितिलाई पार्टीका नेताहरूले स्वीकार्नुपर्ने बताए। नेकपा सचिवालयमा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने, संविधान संशोधन लगायतका विषयमा विवाद सार्वजनिक भइरहेका बेला प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली लगायत शीर्ष नेताहरू उपस्थित कार्यक्रममा दाहालले उक्त अभिव्यक्ति दिएका हुन्।
उनले भने, ‘अब एकले अर्कालाई आशंका गर्नुपर्ने आवश्यकता छैन, शंका गर्नुपर्ने छैन,’ उनले भने, ‘यसलाई थप विकसित गरेर जाने र अहिलेको आवश्यकताअनुसार देशको नेतृत्व गर्ने पार्टी बनाउने हो। कम्युनिस्ट आन्दोलन साम्यवादमा नपुग्दासम्म विवाद, संघर्ष, भूमरी परिराख्ने, ठक्कर खाने भइराख्ने भएकाले यसलाई सबैले स्वीकार्नुपर्छ।’ नेपालका राजनीतिक दलहरूको विगत हिंसात्मक आन्दोलन रहेको बताउँदै विगतलाई लिएर एकले अर्कोलाई आरोप प्रत्यारोप गर्न नहुने बताए। ‘आफू मात्रै ठीक, अरु सबै बेठीक भन्ने गलत छ।’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













निरञ्जना मन्दिरमा देवीको वहान प्रतिस्थापना
नुवाकोट महोत्सवको तयारी तिव्र
रवि, कुलमान र बालेन्द्रबीच एकताकाे प्रयास जारी
“बार डे: जेन जी आन्दोलन र बार रुपान्तरणको सवाल”
सुनको भाउ ऐतिहासिक उचाईमा,एकैदिन ३ हजार ४ सय रुपैयाँले बढ्यो





प्रतिक्रिया