रसुवा-नुवाकोट पर्यटन समाजको टोली फिकुरी डाँडाँमा
फिकुरी । नेपाल भ्रमण वर्ष २०२० तथा आन्तरिक पर्यटकलाई प्रर्वद्धन गर्न निस्किएको फिकुरी ट्रेल एक्सप्लोरेशन टोली बुधबार फिकुरी डाँडाँमा पुगेको छ।
३४६० मिटर उचाइमा रहेको ढ्वाछाप भेडा खर्कमा मंगलबार साँझ पुगेको टोलीले क्याम्पिङ गरेर रात बिताएको छ।रातभर अत्याधिक हिमपात परेपनि त्यस्तो असहज केही नभएको सहभागीहरूले जनाएका छन्। करिब ३ फिटसम्म हिउँ जमेको भए पनि भेडाखर्क बसाइ सहज रहेको एक्सप्लोरेशन टिमका संयोजक उर्जा तामाङले जानकारी दिए।‘जुन उद्धेश्यले हामी आएका थियौं, पूरा भएका छ। ३८०० मिटर उचाईको फिकुरे डाँडाँबाट लाङटाङ, गणेश हिमाल, मनाश्लु, गोसाइकुण्ड रेन्ज सहजै देख्न पाइयो। साथै हिमाली जन जीवन र संस्कृति अवलोकन गर्न सकियो’, तामाङले भने।
त्यसैगरी टिममा अभिभावकको रूपमा यात्रामा सहभागी नेपाल पर्यटन बोर्डका सञ्चालक समितिका कार्यकारी सदस्य, पूर्व टान अध्यक्ष तथा वरिष्ट पर्यटन उद्दमी दिपक महतका अनुसार ट्रेल अत्यन्तै सम्भावना बोकेको भएकाले पूर्वाधार विकासमा तत्काल ध्यान दिनुपर्ने बताए। राजधानी नजिकैको यो ट्रेलको उचित प्रचार प्रसार गर्नुपर्ने महतले औल्याए।
५२ जना सहभागी टोली आज ६ घन्टाको पदयात्रा पछि १८०० मि उचाईमा रहेको ठूलो गाउँ पुगेर बास बस्नेछ।रातभर बाक्लो हिमपात परे पनि टिममा सहभागी सबै सदस्यहरू सकुशल रहेको टिम लिडर एवं रसुवा ट्रेकका सञ्चालक गगन राज न्यौपानेले जानकारी दिए। ठूलो गाउँ पछि टोली रसुवाको डाँडागाउँ झरना र घलेगढी पुगेर फर्कने न्यौपानेले जानकारी दिए।
दुई जिल्लाका पर्यटन व्यवसायी सञ्चारकर्मी टिमले भ्रमण गर्ने छन् भ्रमण पश्चात यस क्षेत्रको प्रर्वद्धनात्मक भिडियो उत्पादन लेख समाचारले आगामी दिनमा पर्यटनलाई भ्रमण गर्न सहज हुने नक्सा प्रकाशन गरि फोटो सहितको जानकारीमुलुक प्रचार प्रसार गरी पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने लक्ष्य तथा उद्देश्य रहेको आयोजक टिमले जानकारी दिएको छ।
बिएल न्युजबाट
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको ककनीमा पेस्तोल फेला प¥र्यो
अल्जाइमर्स रोग लागेर विस्मृतिमा गइसकेका पूर्वमन्त्री रामशरण महतमाथि किन चलाइयो मुद्दा ?
रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा





प्रतिक्रिया