नुवाकोट र रसुवाको आइतबारदेखि परिचयात्मक भ्रमण हुने
विदुर खबर
२०७६ फागुन १० गते १८:०३
नुवाकोट । नुवाकोट र रसुवामा आइतबारदेखि पाँच दिने परिचयात्मक भ्रमण हुने भएको छ ।
रसुवा–नुवाकोट पर्यटन समाजको आयोजनामा फागुन ११ गतेदेखि १५ गतेसम्म भ्रमणको आयोजना हुन लागेको हो । नेपालमा पर्यटन भित्राउनका लागि महत्वपूर्ण भूमिकामा रहेका ट्रेकिङ कम्पनीमा प्रतिनिधिहरू, पत्रकार तथा अन्य सरोकारवाला गरी ५० जनाको सहभागिता रहेने छ ।
टोलीले नुवाकोट जिल्लाको ऐतिहासिक साततले दरबार क्षेत्र, नवनिर्मित जीपलाइन, ऐतिहासिक सूर्यगढी हुँदै तामाङ जातिहरूको जीवित संग्रालय किस्पाङ गाउँ र प्रकृतिको सुन्दर अवलोकनका लागि प्रशिद्ध फिकुरी डाँडा अवलोकन गर्ने छ ।
त्यसैगरी रसुवाको घलेगढी तथा डाँडागाउँस्थित आकर्षक भांगेखोला हुँदै झरेको पातले झरना र बेत्रावतीमा रहेको पौराणिक महत्वको उत्तरगया क्षेत्रको अवलोकन गरिने समाजले जनाएको छ । यसको नेपाल पर्यटन बोर्डले प्रवद्धन गरेको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुर कांग्रेस सभापतिमा गजुरेलको उम्मेदवारी घोषणा
कांग्रेस विदुर नगर सभापतिमा कार्कीको उम्मेदवारी घोषणा
नेपाली कांग्रेस नुवाकोटको पालिका तथा क्षेत्रिय अधिवेशन स्थगित
उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग





प्रतिक्रिया