गुर्जेभन्ज्याङ–मानेभन्ज्याङ–दुप्चेश्वर सडकको शिलान्यास
शिवपुरी । नुवाकोटको शिवपुरी गाउँपािलका वडा नम्बर ६ मा गुर्जेभन्ज्याङ–मानेभन्ज्याङ–दुप्चेश्वर सडकको शिलान्यास गरिएको छ ।
सडकको बाग्मति प्रदेशका मुख्यमन्त्रि डोरमणि पोखरेल, संघिय सांसहरु हितवहादुर तामाङ, नारायणप्रसाद खतिवडा, बाग्मति प्रदेशका उपसभामुख राधिका तामाङ, बाग्मति प्रदेशका सांसदहरु बद्री मैनाली, केशव पाण्डे, हिरानाथ खतिवडा र जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ लगायतले संयुत्त रुपमा उद्घाटन गरेका हुन ।सडकको शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्रि डोरमणि पौडेलले विकास निर्माणका काममा सबैले पार्टी र दलभन्दामाथि उठेर काम गरेमात्र विकास निर्माणको कामले गति लिने बताए ।
त्यस्तै कार्यक्रममा संघिय सांसद नारायणप्रसाद खतिवडा र हितवहादुर तामाङले नुवाकोटको भौतिक पूर्वाधारले लामो समयदेखि मुहार फेर्न नसकेको भन्दै अब सबै मिलेर विकास निर्माणमा लाग्नुपर्ने बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया