नुवाकोटको पन्चकन्यामा यात्रुवाहक वस दुर्घटना, १६ जना घाईते

विदुर खबर २०७६ फागुन ८ गते २१:२४

नुवाकोट । नुवाकोटको पन्चकन्या गाउँपालिका वडा नम्बर ४ कुलकुलेमा बिहिबार विहान यात्रुवाहक वस दुर्घटना हुँदा १६ जना घाईते भएका छन ।

Advertisement

कुलकुलेस्थित भित्रिसडकखण्ड अन्र्तगत आरुखर्कबाट काठमांण्डौतर्फ जादै गरेको बा २ ख ६७४० नम्बरको यात्रुवाहक बस अनियन्त्रि भई सडकबाट करिव १५ मिटर तल खस्दा बसमा सवार १६ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

दुर्घटनामा परि घाइते हुनेहरुमा पन्चकन्या गाउँपालिका बडा नं ४ थप्रेकका राजु तामाङ,रामेश्वर खतिवडा, बिष्णु बिक,सपना तामाङ,मंगले तामाङ,अनिल तामाङ, छाबाछिरिङ तामाङ, डोल्मा तामाङ, इन्द्र खतिवडा र बुद्दिबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी राजेश थापाले जाकनारी दिए ।

Advertisement

त्यस्तै अन्य घाईतेहरुमा इन्दिरा खतिवडा, कृष्णबहादुर कार्की,केशब खनाल, अजय लामा, लाल बहादुर तामाङ र सुरेन्द्र तामाङ रहेको डिएसपी थापाले बताए । वस दुर्घटनापछि वसका चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । घाईतेहरुलाई स्थानिय स्वास्थ्य संस्थामा उपचार गरिएको छ भने सक्त घाइतेहरुलाई हेलिकप्टरमार्फत काठमाण्डौ लगिएको छ ।

प्रतिक्रिया