जनताको शिर निहुरीने काम गरेका छैनौ : मुख्यमन्त्रि पौडेल

विदुर खबर २०७६ फागुन ८ गते २०:५१

शिवपुरी । बाग्मति प्रदेशका मुख्यमन्त्रि डोरमणि पौडेलले जनताको शिर निहुरीने काम आफुहरुले नगरेको बताएका छन ।

Advertisement

बिहिबार नुवाकोटको शिवपुरी गाउँपािलका वडा नम्बर ६ मा गुर्जेभन्ज्याङ–मानेभन्ज्याङ–दुप्चेश्वर सडकको शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्रि पौडेलले दुई वर्षको अवधीमा प्रदेश सरकारले बाग्मति प्रदेशका जनताले शिर निहुराउने काम नगरेको बताए ।

उनले आफुहरुले चाहे अनुसार काम गर्न नसकेको भएपनि जति काम गरेका छौ त्यो नै धेरै र उपलब्धीमुलक भएको दाबी गरेका छन । मुख्यमन्त्रि पौडेलले बाग्मति प्रदेशले ५० ओटा कानुन बनाइसकेको भन्दै बाग्मति प्रदेश अन्य प्रदेशको तुलनामा अघि रहेको समेत दाबी गरे । उनले प्रदेको विकास निर्माणले तिव्रता नपाउनुमा आफुहरु दोषी नरहेको भन्दै विधि , प्रक्रिया र व्यवस्था दोषी रहेको आरोप लगाए । मुख्यमन्त्रि पौडेलले बाग्मति प्रदेशमा भएको विकास निर्माणको लागि जनताले प्रदेश सरकारलाई जयजयकार गर्नुपर्ने दाबी गरे ।

Advertisement

फरक प्रसंगमा मुख्यमन्त्रि पौडेलले विकास निर्माणका काममा सबै पार्टी र दलभन्दामाथि उठेर काम गरे मात्र विकास निर्माणका कामले गति लिने बताए ।

प्रतिक्रिया