नुवाकोटमा ६२ हजारले लिए तेस्रो किस्ताको रकम

विदुर खबर २०७६ फागुन ७ गते १२:०७

नुवाकोट । नुवाकोटमा ६२ हजार ५ सय ५० लाभग्राहीले तेस्रो किस्ताको रकम रकम लिएका छन ।

Advertisement

जिल्लामा रहेका ७६ हजार लाभग्राहीमध्ये ६२ हजार ५ सय ५० लाभग्राहीले तेस्रो किस्ताको रकम रकम लिएको रााष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यनस्थापन तथा स्थानिय पर्वाधार कार्यालय नुवाकोटले जनाएको छ ।

त्यस्तै कार्यालयका अनुसार पहिलो किस्ता वापतको रकम लिनेहरुको संख्या ७४ हजार ४ सय २२ रहेको छ भने दोस्रो किस्ता रकम लिनेहरुको संख्या ६९ हजार ८ सय ६९ रहेको छ । भुकम्पपछि र सर्वेक्षणबाट आएका गरि नुवाकोटमा करिव ७६ हजार ८ सय १६ जना लाभग्राही रहेको छन ।

Advertisement

कार्यालयका अनुसार जिल्लामा रहेका लाभग्राहीमध्ये झण्डै १४ हजारले तेस्रो किस्ता लिन बाँकी रहेको ध भने १५ सय जतिले दोस्रो किस्ताको रकम लिन बाँकी रहेको छ ।

प्रतिक्रिया