अपडेट : नुवाकोटको सिम्लेबगरमा आइचर दुर्घटना,चार घाईते

फाईल फोटो ।
किस्पाङ । किस्पाङ गाउँपालिका वडा नम्बर ५ सिम्लेबगरमा मंगलबार विहान आइचर दुर्घटना हुँदा चारजना घाइते भएका छन ।
शान्ति बजारबाट रसुवाको सल्लेटार गई रहेको बा ३ ख ५२२७ नम्बरको आइचर अनियन्त्रित भई सडकबाट अन्दाजी करिव १५ मिटर तल खस्दा आइचरमा रहेका चालकसहित चारजना घाईते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । घाइतेहुनेहरुमा किस्पाङ गापा ५ शान्तिबजारका ५५ वर्षिय खिलप्रसाद भट्टराई, ४५ वर्षिय हेमबहादुर भट्टराई, ४० वर्षिय बुद्धिमाया तामाङ र उनका ४२ वर्षिय श्रीमान आईतराम तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
घाइतेमध्ये भट्टराईद्धयको दुबै खुट्टा र शरीरमा चोट लागेको बुद्धिमाया तामाङको टाउँकोमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी राजेश थापाले जानकारी दिनुभयो । त्यस्तै उनका श्रीमान आईतराम तामाङको अवस्था सामान्य रहेको बताइएको छ । घाइतेमध्ये भट्टराईद्धयलाई ऐभरेष्ट ऐयरको हेलिकप्टरमार्फत काठमाण्डौ छाउनी अस्पताल लगिएको छ भने तामाङ दम्पतिलाई एम्बुलेन्समार्फत थप उपचारको लागि काठमाण्डौ ग्रिन सिटि अस्पताल लगिएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया