नाइजेरियामा तीस जनाको विभत्स हत्या
नाइजेरिया। हतियारधारी समूहको आक्रमणमा परी अफ्रिकी मुलुक नाइजेरियामा ३० जनाको मृत्यु भएको छ ।
देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने ग्रामीण क्षेत्रमा भएको हिंसात्मक घटनामा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । प्रहरी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार मोटरसाईकलमा आएका दर्जनौ बन्दुकधारीले गाउँलेहरुलाई अन्धाधुन्ध आक्रमण गरेका थिए । उनीहरुले काट्सीना राज्यमा पर्ने साउवा र डाङकर गाउँमा बस्ने स्थानीय बासिन्दालाई शुक्रबार गोली प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणकारीहरुले स्थानीय बासिन्दालाई घर घरमै आक्रमण गर्नुका साथै उनीहरुको घरमा समेत आगजानी गरेका छन् ।
“हतियारधारी आक्रमणकारीहरुले साउवामा २१ जनाको हत्या गरेका छन् भने अरु नौ जनालाई डाङ्कर गाउँमा हत्या गरेका छन्,” कात्सिनाका प्रहरी प्रवक्ता गाम्बो इसाहले भन्नुभयो । मृत्यु भएका मध्ये अधिकांश बृद्धबृद्धा र बालबालिका रहेका छन् । आक्रमणकारीहरुले आक्रमण गर्न थालेपछि भाग्न नसकेकाले मृत्यु हुनेमा बृद्धबृद्धा र बालबालिका धेरै भएको अधिकारीहरुले जनाएका छन् । आक्रमणकारीहरुले मानव हत्या र घरहरुमा आगजनी गरेकाले घटना दर्दनाक देखिएको प्रहरीको भनाई छ । स्थानीय एक बासिन्दाले भने, “यति दर्दनाक र क्रुर घटना मैले जीवनमा अहिलेसम्म देखेको थिइनँ ।”
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया