दुई तिहाई सरकारले झिँगा पनि मार्न सकेन : कांग्रेस

विदुर खबर २०७६ फागुन ४ गते २०:४५

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सदनमा दुईतिहाई बहुमत र शालिन प्रतिपक्ष हुदा पनि सरकारले काम गर्न नसकेको भन्दै आलोचना गरेको छ ।

Advertisement

सरकार गठन भएको दुईवर्ष पुगेको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा संवोधन गर्दै दुईवर्षको अवधिमा उल्लेख्य राम्रो काम गरेको बताएको भोलीपल्टै आइतवार पत्रकार सम्मेलन गर्दै प्रतिपक्ष दल कांग्रेसले सरकारको चर्को आलोचना गरेको हो । ‘वर्तमान सरकारको दुई तिहाई बहुमत थियो, सदमा शालिन र जिम्मेवार प्रतिपक्ष थियो’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भन्नुभयो– ‘यस्तो अनुकुल परिस्थितिमा पनि सरकारले काम गर्न सकेन ।’

यो सरकारलाई शान्ति स्थापना, संविधान निर्माण र तीन तहको निर्वाचन मार्फत् मुलुकमा निर्मित तुलनात्मक सहज राजनैतिक वातावरण समेत प्राप्त भएको भन्दै कांग्रेसले भनेको छ– यस्तो पृष्ठभूमि र परिस्थितिको सरकारले दुई वर्षको अवधिमा दृढ इच्छाशक्ति र नविन गतिका साथ कार्य गर्न सक्दथ्यो तर सहज समयको सदुपयोग सरकारले परिणामुखी ढंगले विल्कुलै गर्न सकेन । कांग्रेसले अधिनायकवाद उन्मुख आकांक्षाका कारण अनुकूल परिस्थितिलाई स्वयं आफैले प्रतिकूल बनाएको आरोप लगाएको छ । वर्तमान सरकारले निर्वाचनको बेला दुई कम्युनिष्ट पार्टी एक भएर बनाएको आफ्नै घोषणापत्रमा उल्लेख गरेको काम पनि गर्न नसकेको बताएको छ ।

Advertisement

कांग्रेसले सरकारको दुईवर्षे कार्यकाललाई राष्ट्रियता, लोकतन्त्र, संविधान र संघीयता, शानित सुरक्षा, शुसासन र समृद्धि, सदाचार र भ्रष्टाचार, रोजगार सृजना र विस्तार तथा सास्कृतिक रुपान्तरण गरि आठ कोणबाट विष्लेषण गर्दै पुर्ण रुपमा असफल भएको ठम्याएको छ । नेकपाको सरकारलाई गुण र दोषको आधारमा समर्थन र विरोध गर्ने नीति घोषणा गरेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यो दुई वर्षको अवधिमा सालिन र जिम्मेवार भूमिका निर्वाह गरेको जनाएको छ ।कालापानी लगायत समग्र सिमा एवं राष्ट्रियताको प्रश्न, संविधानप्रति अपनत्वको दायरा विस्तार एवं लोकतन्त्र सुदृढीकरणको मुद्दा र समृद्धि तर्फको यात्रा यी साझा विषयमा नेपाली कांग्रेसले सरकारलाई खुला ढंगले साथ दिएको पनि कांग्रेसले जनाएको छ ।

राष्ट्रियताको प्रश्नमा सरकारको अर्कमण्य भूमिका, संविधानको मर्म विपरीतका विधेयक एवं अनेक आर्थिक अनियमितता र भ्रष्टाचारको प्रश्नमा सरकारको विपक्षमा नेपाली कांग्रेस उभिंदै आएको छ ।प्रवक्ता शर्माले भन्नुभयो– प्रतिपक्षको संयमित भूमिकालाई कमजोरी ठान्ने अधिनायकवादी मनोविज्ञानले एकातर्फ नागरिक स्वतन्त्रता कुण्ठित गर्ने प्रयत्न गरिएको छ भने अर्कोतर्फ प्रतिपक्ष एवं प्रतिपक्षी दलका नेता, कार्यकर्तामाथि अवांछित ढंगले प्रतिशोधको व्यवहार प्रस्तुत गरिएको छ ।प्रवक्ता शर्माले कांग्रेस केन्द्रीय समितिको पछिल्लो बैठकले सरकारका असफलता उजागार गर्दै जनविरोधी गतिविधिहरुका विरुद्ध दवाव बढाउने निर्णय गरेको पनि बताउनु भएको थियो ।

Advertisement

प्रतिक्रिया