चितुवाको छाला र भालुको पित्तसहित नुवाकोटका दुई पक्राउ
नुवाकोट ।संरक्षित वन्यजन्तु चितुवाको छाला र भालुको पित्तसहित दुईलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले काठमाडौँ तारकेश्वरबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । तारकेश्वर नगरपालिका–४ पुरानो गुह्ेश्वरीमा अवैधरुपमा वन्यजन्तु चितुवाको छाला र भालुको पित्तको कारोवार हुँदैछ भन्ने खबर प्राप्त हुनासाथ मङ्गलबार महाशाखाको प्रहरी टोली त्यसतर्फ गएको थियो ।
उक्त स्थानमा गई खोजतलास गर्नेक्रममा वन्यजन्तुका अङ्गसहित नुवाकोट बेलकोट नगरपालिका–११ का २५ वर्षीय विकास तामाङ र नुवाकोट ककनी गाउँपालिका–४ का सुवास लामालाई पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकराी दिनुभयो । उनीहरुसँग खानतलासी गर्दा संरक्षित चितुवाको छाला एक थान र भालुको पित्त बरामद गरिएको उहाँले बताउनुभयो । उनीहरुले बिक्री गर्ने उद्देश्यले आफ्नो साथमा बोकी हिँडिरहेका बेलामा प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई राष्ट्रिय निकञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया