छैठौं नुवाकोट महोत्सव : आज यी कलाकारले प्रस्तुती दिँदै
विदुर खबर
२०७६ माघ १८ गते ९:४९

नुवाकोट । नुवाकोटमा जारी छैठौं नुवाकोट महोत्सवमा शनिवार विभिन्न कलाकारले प्रस्तुति दिने भएका छन ।
महोत्सवमा आज लोकदोहोरी गायक शिव हमाल, गायिका डिला बिकलेृ विभिन्न सांस्कृति प्रस्तुती दिनेछन । त्यस्तै हास्य कलाकार विष्णु सापकोटा अर्थात हर्के हल्दार तथा शिव शर्माले हास्य प्रस्तुती दिने नुवाकोट उद्योग वाणिज्य संघले जनाएको छ ।
साथै नृत्यङ्गना एलिना रायमाझीले पनि आफ्नो प्रस्तुति दने संघले जनाएको छ । यसअघि हिजो विभिन्न कलाकारले प्रस्तुती दिएका थिए ।महोत्सव आगामी २६ गतेसम्म संचालन हुने छ ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया