नुवाकोट प्रहरीद्धारा ठुलो मात्रामा घरेलु मदिरा नष्ट

नुवाकोट । नुवाकोट प्रहरीले झन्डै १६ सय लिटर घरेलु मदिरा नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटले बुधबार पत्रकार सम्मेलनको आयोजना सो मदिरा नष्ट गरेको हो ।
घरेलु मदिराका कारण समाजमा विभिन्न खालका समस्याहरू हुने गरेको गुनासो बढेपछि घरेलु मदिरा किनबेच तथा उत्पादनमा कडाइ गरिएको प्रहरी प्रमुख एसपी अबिनारायण काफ्लेले जानकारी दिनुभयो । ‘घरेलु मदिरा सेवनकै कारण दैनिक दर्जनौं झगडा तथा विभिन्न खालका विकृति हुन थाले’, प्रहरी प्रमुख काफ्लेले भन्नुभयो, ‘घरेलु मदिरा नियन्त्रण गर्दा मात्र पनि केही अपराध कमी हुन्छ ।’
त्यस्तैगरी घरेलु मदिराकै कारण विभिन्न स्थानमा झगडा हुने उहाँको प्रहरीको भनाइ छ ।
प्रहरीले बुधहबार नष्ट गरेको तयारी मदिरा जिल्लाको बट्टार,विदुर, कोलनी, सामरी, भैरवी,तादी, लगायतका स्थानबाट बरामद गरिएको हो । प्रहरीले यसअघि यहि असोज १६ गते पनि करिव सातसय लिटरभन्दा बढी घरेलु मदिरा नष्ट गरेको थियो ।
प्रतिक्रिया