नुवाकोट महोत्सवको तयारी पुरा, पुर्वराष्ट्रपति यादवले उद्घाटन गर्ने

विदुर खबर २०७६ माघ १५ गते १८:२९

बट्टार । बिहिबारदेखि शुरु हुने छैठौ नुवाकोट महोत्सवको सबै तयारी पुरा भएको नुवाकोट उद्याग बाणिज्य संघले जनाएको छ ।
संघले बुधबार महोत्सवस्थल बट्टारमा पत्रकार सम्मेलनको आयोजना गरि सबै तयारी पुरा भएको जनाएको छ ।
महोत्सवको उद्घाटन पुर्व रााष्ट्रपति डा. रामवरण यादवले दिउँसो उद्घाटन गर्ने बताइएको छ । । भ्रमणवर्षलाई लक्षित गर्दे गर्न लागिएको महोत्सवलाई विगतका वर्षहरुभन्दा पृथक बनाउन लागिपरेको नुवाकोट उद्योग वाणिज्य संघका प्रवत्ता सविनराज भण्डारीले बताए । महोत्सवको लागि विभिन्न समिति तथा उपसमितिहरु गठन गरिएको अध्यक्ष कार्कीले बताए ।

Advertisement

महोत्सवको लागि स्टल र स्टेज निर्माण, खेलकुदका सामाग्रि जडान एंव सञ्चालन लगायतका कामहरु सम्पन्न भइसकेको आयोजकले दाबी गरेको छ । महोत्सबमा लोपोन्मुख भाषा, संस्कृति भेषभुषा, संस्थागत संरक्षण र ब्यबसायिक सुरक्षालाई विशेष महत्वको साथ प्रस्तुत गर्न लागिएको बताईएको छ । महोत्सवमा स्थानिय कला, संस्कृति तथा भेषभुषाको प्रचारप्रसार र स्थानिय पहिचानलाई प्रर्वदन गर्ने बताइएको छ ।

महोत्सवमा करिव एक करोडको कारोवार गर्ने लक्ष्य राखिएको उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा नुवाकोट उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष राजन श्रेष्ठले बताए । त्यस्तै महोत्सवले जिल्लाको पर्यटन, कृषि,व्यापार व्यवसायको प्रर्वद्धनमा सघाउ पुराउने जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले बताए । माघ २६ गतेसम्म संचालन हुने महोत्सवमा स्थानिय कलाकारका साथै रााष्ट्रिय कलाकारको पनि बेजोड सांस्कृतिक प्रस्तुति हुने आयोजकले जनाएको छ ।

Advertisement

यसअघि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले महोत्सवको उद्घाटन गर्ने बताइए पनि पारिवारिक कारणले उनी आउन नसक्ने बताइएको छ ।

प्रतिक्रिया