घ्याङफेदीबाट हराएका दुई युवाको शव भेटियो

विदुर खबर २०७६ माघ १३ गते १५:२५

नुवाकोट ।   नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीबाट हराएका दुई युवाको शव आज भेट्टिएको छ ।

Advertisement

गोसाइँकुण्ड पदयात्रामा जाने क्रममा गत माघ ३ मा हराएका सिन्धुपाल्चोक हेलम्बुका १७ वर्षका वाङ्गेल तामाङ र काठमाडौ जोरपाटीका २० वर्षका जापान तामाङ हिउँमा पुरिएर मृत्यु भएको अबस्थामा भेट्टिएको गाउँपालिका अध्यक्ष योबिन्द्रसिंह तामाङले जानकारी दिनुभयो । उहाँको अनुसार हराएका व्यक्तिको खोजीको लागी गाउँपालिका मार्फत परिचालन गरिएको पर्यटक गाइड समेत रहनुभएका तादी गाउँपालिका–१ उर्लेनीका लालबहादुर तामाङ नेतृत्वको उद्धारकर्मीको समूहले शव भेट्टाएको हो ।

हराएका युवाको खोजीको लागी गाउँपालिका, प्रहरी, स्थानीयबासी एवम् आफन्तले हेलिकोप्टरको समेत प्रयोग गरेपनि अबस्था थाहा हुन सकेको थिएन । उनीहरुको खोजीको लागी गाउँपालिकाले रु एक लाख उपलब्ध गराउने जनाएपछि परिचालन भएका मध्ये लालबहादुर तामाङको नेतृत्वमा रहेको उद्धारकर्मीको समूहले फेदीको खोँच स्थित हिउँमा पुरिएको अबस्थामा दुबैजनाको शव बरामद गरेको हो ।  शव परीक्षणको लागी हेलिकोप्टर मार्फत काठमाडौ पठाउन लागिएको जिल्ला प्रहरी प्रमुख अबिनारायण काफ्लेले जानकारी दिनुभयो ।

Advertisement

प्रतिक्रिया