महोत्सवको विशेषता नबुझ्दा आर्कषण घट्दै


रिना खनाल
केही समय अघिसम्म मेला महोत्सव भनेपछि मानिस हुरुक्क हुन्थे । मानिसमा अनेक खालका उत्साह, उमंग मनमा खेल्थे । मेला हेर्न हजारांै लाखौंको संख्यामा मानिस विभिन्न जिल्लाबाट आउँथे, किनकि त्यतिबेला सीमित जिल्लामा मात्र हुन्थ्यो । मेलामा स्थानीय स्तरमा उपलब्ध खाद्यान्न सुलभ हुन्थ्यो, सुपथ मूल्यमा पाइन्थ्यो । मेलाका लागि विशेष स्थल पहिचान गरिन्थ्यो । सबैमा एक प्रकारको जिज्ञासा हुन्थ्यो, महोत्सव कस्तो हुन्छ भन्ने । साथै, उत्साह पनि । त्यतिखेर संचारका माध्यमहरुको यस्तो विकास भइसकेको थिएन । मात्र रेडियो कहीं कहीं मात्र, मोबाइल त सपनामा पनि थिएन । मानिसहरु टाढा टाढाबाट मेला हेर्न कि काम सकेर अथवा एक दिन भए पनि काम थाँति राखेर पुग्थे ।
अचेल मेला महोत्सवमा हुनुपर्ने गुण देखिदैन । मर्म मर्दै गएकोले लगाव, आकर्षण देखिदैन । फलस्वरुप महोत्सवप्रति उत्साह देखिदैन । यसको मुख्य कारण भनेको महोत्सवको विशेषता नबुझ्नु त हो नै जहाँ पनि जति बेला पनि आयोजना गर्ने होडबाजी पनि हो । अहिले आवश्यकता भन्दा पनि अनाहकको फेसन बन्नु मुख्य कारण हो । साथै जुनसकै संघसंस्थाले पनि आयोजना गर्नु । थप कारणमा महोत्सवलाई राजनीतिक प्रतिस्पर्धाको थलो बनाउनु एवं यसबाट आफ्नो राजनीतिक स्वार्थ र अभीष्ट सिद्ध गर्न खोज्नु हो । राजनीतिक दलका प्रतिनिधिहरु आयोजक, सहआयोजक रहने गर्दा मेला, महोत्सवको महत्व कम भएको र एक हद्सम्म अनाकर्षक हुँदै गएको देखिन्छ । यस्तो अस्वाभाविक प्रवृत्ति रोक्न स्थानीय तह र जनप्रतिनिधिहरुले सकारात्मक भूमिका निर्वाह गर्नुपर्छ र साथै उद्योग–वाणिज्य लगायतका सम्बन्धित निकाय लागिपर्नु पर्दछ ।
देश भर नै यस्तो विकृति विस्तारित भएको छ । सम्पूर्ण जिल्लावासीहरु मिलेर प्रत्येक दुई बर्षमा मेला महोत्सव आयोजन गर्दा पक्कै रौनक आउँछ । आवश्यकताले महोत्सव हुन्छन् भने नागरीकले बुझ्छन् नै । रवाफ देखाउनको लागि गर्नु कदापी राम्रो हुदैन । भलै केही समय व्यक्ति तथा संस्थाको नाम मिडियामा आउला । त्यसैले दीर्घकालीन सोचको विकास गर्नु आजको आवश्यकता हो । यस्ता प्रकृतिका कार्यक्रम आयोजना हुनु आफैमा जिल्लाका ऐतिहासिक, धार्मिक , सामाजिक तथा पर्यटकीय गन्तव्यहरुको प्रबद्र्धन हुने अवसर पनि हो । कतिपय समारोहमा दैनिक हजार माथि आउलान् । तर मानिस मेलामा प्रवेश गरेर बाहिर निस्कदा आकर्षण भन्दा बढी विकर्षणको भाव देखिनु हँुदैन । मेलाले आर्थिक रुपमा सबल त बनाउला तर महोत्सवको परिभाषालाई आच आउँन सक्छ । त्यस्तो हुनुहँुदैन ।
मेला महोत्सव भनेका एउटो जिल्लामा एउटा मात्र हुने वातावरण बन्नु पर्छ ताकि यसबाट पूरै जिल्ला गौरवान्वित हुन सकोस् । दर्शकले पनि फरक अनुभूति गर्न पाउन् । नगर, गाउपालिका जस्ता स्थानीय क्षेत्र अनुसार गर्दा केही फाइदा हुदैन । उल्टै समय बर्बाद हुन्छ । महोत्सवमा जिल्लाका ऐतिहासिक, धार्मिक, सांस्कृतिक स्थलहरुको प्रचार–प्रसार, स्थानीय लोकप्रिय खाद्यान्न, परिकार, विशेष पहिचानसहितका आआफ्नै विशेषता रहेको जातिहरुले महोत्सवलाई आकर्षक बनाउने वातावरण हुनुपर्छ । मेलामा सबै उमेर समूहका हेर्न जाँदा यो चाहिं महोत्सब हो भन्ने भाव सञ्चार हुन्छ । यसका साथै सबैले केही न केही हातमा लिएर घर फर्किने वातावरण र आकर्षण हुनुपर्छ ।
मेला महोत्सवले जिल्लावासीका साथै देशभरका मानिसलाई जिल्लाको बारेमा परिचित गराउनु प्रमुख पक्ष हो । मेला महोत्सवको ध्येय सबै उमेर समूहका मानिसमा उत्साह उमंग आउन सकोस् भन्ने हुुनुपर्छ । महोत्सव शिक्षाप्रद होस् र यसबाट आनन्द पनि प्राप्त होस् । आयोजना हुनुमात्र ठूलो कुरा होइन, बरु यसले के संदेश दिन्छ, त्यो महत्वपूर्ण हो । अस्वस्थ प्रतिस्पर्धा गरी मेलाको आयोजना गर्ने चलन अन्त्य हुनुपर्छ । यसो गरेमा निश्चय नै मेला महोत्सवको गरिमा पुनस्र्थापित हुन सक्नुका साथै यसबाट समाज पनि लाभान्वित हुन सक्ने छ । तर प्रवत्ति सच्याइएन भने समयक्रममा मेला महोत्सव असान्दर्भिक हुने सम्भावना पनि त्यतिकै छ ।
लेखक खनाल नुवाकोटका पत्रकार हुन् ।उनी समसामयिक विषयमा कलम चलाउँछन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकाेट १ मा पार्टी प्रवेशको लहरले मैनाली अगाडि
नुवाकोट–१ मा झण्डै दुई हजार जना एमाले प्रवेश
नुवाकोटमा कांग्रेस सभापति गगनलाई १० किलोको माला
इरानको आक्रमणमा परेर यूएईमा एक नेपालीको मृत्यु
आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने





प्रतिक्रिया