आईतबार ककनी गाउँपालिकामा सार्वजनिक विदा
विदुर खबर
२०७६ माघ ९ गते १८:३७

नुवाकोट । नुवाकोटको ककनी गाउँपालिकाले आईतवार सार्वजनिक विदा दिएको छ ।
गाउँपालिकाको यहि माघ ६ गते बसेको बैठकले आईतबार परेको सोनाम ल्होसारको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको गाउँपालिकाका उपाध्यक्ष सिता खतिवडाले जानकारी दिनुभयो । विदाको दिन गाउँपालिका अन्र्तगत रहेका विद्यालय, सरकारी कार्यालय। स्वास्थ्य कार्यालय बन्द हुने जनाइएको छ ।
सम्बन्धित
प्रतिक्रिया