नुवाकोटका जनप्रतिनिधिले गरे गल्छी–त्रिशुली सडकखण्डको मुअब्जा दिनुपर्ने माग
नुवाकोट । राष्ट्रिय गौरबको आयोजनाको रुपमा निर्माण हुँदै आएको गल्छि त्रिशुली सडक आयोजनाले मुआब्जा नदिएको बताउदै नुवाकोटका जनप्रतिनिधिले उपप्रधान एवं रक्षामन्त्रि ईश्वर पोखरेल मार्फत प्रधानमन्त्रि केपी शर्मा ओलाीको ध्यानाकर्षण गराएका छन ।
नुवाकोटबाट निर्बाचित प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, बिदुर नगरपालिकाका प्रमुख सहितको टोलिले रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाएका हुन् । गल्छि त्रिशुली आयोजनाले विदुर नगरपालिकाको वडा नम्बर ५ पिपलटार देखि वडा नम्बर १ ढुङगेसम्मका आयोजना प्रभावितहरुलाई मुआब्जा दिन नमिल्ने बताउदै आएको छ । बालाजुदेखि ढुङ्गेसम्म सहायक राजमार्ग घोषणा भएको भन्दै अहिले गल्छी त्रिशुली सडकमा परेकोले त्यस क्षेत्रमा मुआब्जा दिन नमिल्ने आयोजनाले बताउदै आएको छ । आयोजनाले पिपलटारदेखि ढुङ्गेसम्मको सडक विस्तारका क्रममा अधिकरण गरिएको जग्गाको मुआब्जा नदिने बताएपछि पिपलटार देखि ढुङ्गेसम्मका स्थानियहरु आक्रोशित भएका छन ।
आयोजनले विसं २०३४ को राजपत्रमा पासाङल्हामु मार्गको बालाजु–ककनी–त्रिशूली खण्डको सडक सीमा सडकको केन्द्रबाट दायाँबायाँ १५÷१५ मिटर तोकिएका कारण मुआब्जा दिन नमिल्ने बताएको छ । एउटै आयोजनामा कसलाई मुअब्जा दिने कसैलाई नदिने गर्न नपाउने बताउदै बिदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले राज्यले सबै नागरिकहरुलाई एकै ब्यबहार गर्न रक्षामन्त्री पोखरेल समक्ष आग्रह गर्नुभएको छ ।
ज्ञापनपत्र बुझ्दै रक्षामन्त्री पोखरेलले बिकास निर्माणको कार्यमा स्थानिय नागरिक देखि सरोकारवाला निकाय सबैले सहयोग गर्नुपर्ने बताउनुभएको छ । भेटका क्रममा उपप्रधानमन्त्रि पोखरेलले भौतिक तथा निर्माण मन्त्रालय माफर्तत छिट्टै आयोजनाको वस्तुतिस्थति बुभ्ने बताएको भेटमा सहभागि भएका विदुर नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष गणेशकुमार नेपालले बताउनुभयो । भेटमा त्रममा कुरा सकारात्मक रुपमा अघि बढेको नेपालले जानकारी दिनुभयो ।
यसअघि गत वर्ष गल्छी–त्रिशुली सडकअन्र्तगतका मुअब्जा पिडितहरुले गतवर्ष प्रधान्मँित्र कार्यालयमार्फत मुअब्जाको लागि पहल गरिदिन प्रधानमन्त्रिको ध्यानाकर्षण गराएका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया