साइक्लिङमा स्वर्ण जितेका बुद्धिवहादुरलाई दुप्चेश्वर गाउँपालिकाको एकलाख

विदुर खबर २०७६ माघ ६ गते २०:५१

नुवाकोट । दुप्चेश्वर गाउँपालिकाले १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा साइक्लिङतर्फ नेपाललाई स्वर्ण पदक दिलाएका बुद्धिबहादुर तामाङलाई एकलाख रुपैयाँसहित सम्मान गरेको छ ।

Advertisement

सोमबार तेश्रो दुप्चेश्वर कप अन्तर गाउँपालिका स्तरिय पुरुष भलिबल प्रतियोगिताको समापन एक कार्यक्रममा तामाङलाई एक लाख रुपैयासहित सम्मान गरिएको हो । दुप्चेश्वर गाउँपालिका वडा नम्बर ७ का स्थाइ निवासी तामाङलाई एक लाख रुपैयाँसहित सम्मान गरेको गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिए ।

तामाङले साईकलिङ तर्फको क्रस कन्ट्रीको ४ किमिको ४ ल्यापमा १ घण्टा १९ मिनेट ०८ सेकेण्डमा निर्धारित दुरी पार गर्दे नेपाललाई स्वर्ण पदक दिलाएका थिए ।

Advertisement

प्रतिक्रिया