नुवाकोट कांग्रेसद्वारा सूचना तथा प्रविधि विधेयकमा सरकारको ध्यानाकर्षण

विदुर खबर २०७६ माघ ५ गते २१:२९

नुवाकोट । नेपाली कांग्रेस नुवाकोटले हालै संसद्, विकास तथा प्रविधि समितिबाट बहुमतले पारित सूचना तथा प्रविधि विधेयकले संविधान प्रदत्त नागरिक अधिकार हनन गर्न लागेको विषयले गम्भीर बनाएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

Advertisement

विधेयकले नागरिकको विचार, अभिव्यक्ति स्वतन्त्रता, गोपनीयताको हक तथा सूचनाको हकसमेतलाई सङ्कुचन र नियन्त्रण गर्ने मात्र नभई नियमनका नाममा सामाजिक सञ्जालमार्फत हुने विचार अभिव्यक्तिको स्वतन्त्रतालाई गम्भीर फौजदारी अपराधका रूपमा दण्डित एवं ‘सेल्फ सेन्सरसीप’को अवस्था सिर्जना गर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन आज प्रमुख जिल्ला अधिकारीमार्फत विरोधपत्र बुझाएको नेपाली कांग्रेस नुवाकोटका सचिव सुरेन्द्र अधिकरीले जानकारी दिए ।

विधेयकले व्यक्तिगत र सामाजिकरूपमा प्रभाव पार्ने र सामाजिक सञ्जालमा कसैलाई व्यङ्ग्य गरेवापत पाँच वर्ष जेल र रु १५ लाख जरिवाना तिर्नुपर्ने, दुईजना बिच हुने टेलिफोन कल रेकर्ड गरिने जस्ता प्रावधानले व्यक्तिगत गोपनीयताको संवैधानिक अधिकार हनन् हुने एवं आलोचना तथा व्यङ्ग्य गर्न पाउने नागरिकको स्वतन्त्रता समाप्त हुने भन्दै विरोधमा एकजुट हुन आम सरोकारवाला, सचेत नागरिक एवं सरकारको ध्यानाकर्षण गराएको अधिकरीले  बताए ।

Advertisement

आफुहरुले पाएको पत्र छिट्टैनै प्रधानमन्त्रीसमक्ष बुझाईने जिल्ला प्रशासन कार्यालय नुवाकोटका प्रशासकिय अधिकृत धर्मराज भट्टले बताए ।

प्रतिक्रिया