‘सूर्यचौर-शिवपुरी-नुवाकोट’ प्याराग्लाइडिङले ६ हजार ५ सय फिटसम्म उडान गर्ने

विदुर खबर २०७६ माघ ३ गते १६:२६

नुवाकोट। साहसिक पर्यटनको एक माध्यम प्याराग्लाइडिङका लागि काठमाडौं उपत्यका नजिकै दुई क्षेत्र थपिएका छन् ।

Advertisement

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार ‘सूर्यचौर-शिवपुरी-नुवाकोट’ क्षेत्रमा एक प्याराग्लाइडिङ जोन थपिएको छ । प्राधिकरणका अनुसार यहाँ नेपाल प्याराग्लाइडिङ प्रालिले प्याराग्लाइडिङ उडाउने गरी अनुमति लिएको हो ।

यस क्षेत्रमा अधिकतम् ६ हजार ५ सय फिटसम्मको उचाईसम्म उडान गर्न सक्ने गरी उक्त कम्पनीले अनुमति पाएको हो ।

Advertisement

यता मकवानपुरको टिस्टुङमा समेत प्याराग्लाइडिङ जोन स्थापना गरिएको छ । प्राधिकरणका अनुसार यहाँ टिस्टुङ प्याराग्लाइडिङ प्रालिले यो खेल सञ्चालन गर्ने भएको छ ।

टिस्टुङ उडेको प्याराग्लाइडिङले भने अधिकतम् ५ हजार फिटसम्म मात्र उचाई लिन सक्ने भएको छ । प्राधिकरणका अनुसार यी क्षेत्र तोकिएको ‘प्याराग्लाइडिङ जोन’ उपयोग भने २७ फेब्रुअरीबाट मात्र गर्न पाइने भएको छ ।

Advertisement

केही महिना अगाडि संखुवासभाको खाँदबारीमा प्याराग्लाइडिङ जोन स्थापना भएको थियो । खाँदबारी ५, रमिते डाँडामा यस्तो क्षेत्र तोकिएको थियो ।

केही समय अगाडी पोखरामा मात्र सिमित यो साहसिक खेल पछिल्लो समय देशभर बिस्तार हुने क्रममा रहेको छ ।

प्रतिक्रिया