गोरुको मासुसहित नुवाकोटको तल्लो अर्चलेबाट एक युवक पक्राउ

विदुर खबर २०७६ माघ २ गते २०:५२

तल्लो अर्चले । गोरुको मासुसहित नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ६ तल्लो अर्चलेबाट एक युवक पक्राउ परेका छन ।

Advertisement

पक्राउ पर्नेमा बेलकोटगढी नगरपालिका वडा नं. ६ तल्लो अर्चलेका २० वर्षिय बुद्दिमान तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । तामाङले मंगलबार विहान आफ्नै घरमा पालेको गोरुलाई कुटपिट गरि मारेको बताइएको छ ।
उनलाई बिहिबार प्रहरी चौकी झिल्टुङबाट खटिएको टोलीले गोरुको मासुसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । पक्राउ परेका तामाङलाई पशुपक्षी सम्बन्धि कसूर अन्तर्गत मुद्दा दर्ता गरि जिल्ला अदालत नुवाकोटबाट म्याद थप गरि अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख अबिनारायण काफ्लेले जानकारी दिनुभयो ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

प्रतिक्रिया