नुवाकोटमा चालुआर्थिक वर्षमा ४२ जना हराए, २८ भेटिए, १४ अझैं बेपत्ता
विदुर – नुवाकोटबाट चालु आवको मङ्सिरमसान्तसम्ममा ४२ जना हराएको छ । प्रहरीको तथ्यांकअनुसार हराएकामा महिला बढी रहेका छन् । हराउनेमा महिला ३६ जना रहेका छन् भने २ बालक र ४ बालिका जना रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेश थापाका अनुसार हराएका मध्ये प्रहरीद्वारा ५, आफन्तले खोजी गरि पत्ता लगाएकोमा १५ र आफै घर फर्केकोमा ७ जना रहेका छन् । अझैं १२ महिला, १ बालक र १ बालिका नभेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीको तथ्यांकअनुसार आव २०७१/०७२ देखि २०७६/०७७ सम्मको छ वर्षमा ६३७ जना हराए । दुई नगरपालिकाबाट १६२ र १० गाउँपालिकाबाट ४७५ जना हराए । विदुर नगरपालिकाबाट ८५ र बेलकोटगढी नपाबाट ७७ जना हराए। गाउँपालिकाहरु ककनीबाट ३५, किस्पाङबाट ४५, तादीबाट ६५, तारकेश्वरबाट ३५ र दुप्चेश्वरबाट ७०, पञ्चकन्याबाट ८१, लिखुबाट ४५, म्यागङबाट ३५, शिवपुरीबाट ३४ र सुर्यगढीबाट ३० जना हराएका थिए । हराएकामध्ये ३८० महिला, ४७ बालक र १२२ बालिका मात्रलाई फेला पार्न सफल भएको प्रहरीले जनाएको छ ।
तथ्यांकअनुसार हराउनेमा बढी मात्रामा १९ देखी ३० वर्ष उमेर समूहका युवायुवतीहरु २२० जना रहेका छन् । त्यस्तै, उमेर १८ वर्षसम्मका १८०, उमेर ३१ देखी ५० वर्षसम्मको १८७ र उमेर ५१ देखी ७० उमेरसम्म ५० जना रहेका छन् । जातीयको आधारमा हराउनेमा जनजाती २४५, दलित १८३, क्षेत्री, ९८ ब्राहमण ७६ र अन्यमा ३५ जना रहेका छन् । त्यस्तै, सामाजिक संजालको विकृतीबाट हराउनेमा १६१ जना बढी रहेको छ भने ११७ जना साथीको संगतमा लागेर घर छाडेका छन् ।
गत वर्ष १५२ जना हराए, १३५ फेला र अझैं १३ बेपत्ता
प्रहरीले गत आर्थिक वर्ष २०७५/०७६ मा १५२ जना हराएकोमा १०३ महिला, १३ बालक र ३६ बालिका हराएको जनाएको छ । हराएकामध्ये ९७ महिला, १३ बालक र ३४ बालिकालाई फेला पारी प्रहरीले परिवारलाई बुझाएको थियो भने ६ महिला र २ बालिका अझैं बेपत्ता छन् । तथ्यांकअनुसार विगत ६ वर्ष (आव २०७१/७२ देखि २०७६/०७६) मङ्सिरमसान्तसम्ममा ६३७ हराएका थिए भने ५४९ जनालाई मात्र प्रहरीले फेला परेका छन् । हराएकामध्ये ८८ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।
हराउँदा जानकारी, फेला परेपछि बेवास्ता
महिला, बालक र बालिका हराएको भन्दै प्रहरीलाई जानकारी गराए पनि फेला परेपछि वेवास्ता गर्दा तथ्यांक बढी देखिने गरेको प्रहरीले जनाएको छ ।
महिला सेलका सुकु तामाङका अनुसार मानिस हराएपछि प्रहरी कार्यालयमा आफन्तले निवेदन दर्ता गर्दै जानकारी दिए पनि फेला परेपछि बेवास्ता गरेका कारण तथ्यांकमा हराएकै सूची कायम रहने बताउनु भयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











विदुरका एसईई उत्तीर्ण विद्यार्थीलाई निशुल्क कम्प्युटर डिप्लोमा कोर्स
किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण
ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम सम्पन्न
नुवाकोटको तारकेश्वरका विक्रम थापा मगर पक्राउ
लाङटाङमा रोपिएको स्याउ सप्रिएपछि गाउँले खुशी





प्रतिक्रिया