नुवाकोटमा मनाइयो भुकम्प सुरक्षा दिवस
नुवाकोट । २२ औ राष्ट्रिय भुकम्प सुरक्षा दिवस नुवाकोटमा पनि विविध कार्यक्रम गरि मनाइएको छ ।
दिवसको अवसर पारेर नुवाकोटको सदरमुकाम विदुरको लोकतान्त्रिक चौतारोबाट ¥यालीको आयोजना गरि बट्टारस्थित नुवाकोट आर्दश बहुमुखी क्याम्पसमा पुगेर सभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले भुकम्प जुनसुकै समयमा आउन सक्ने भन्दै सबैले सावधानी अपनाउनुपर्ने बताउनुभयो । उहाँले नगरपालिका क्षेत्रभित्र निर्माण भएका संरचनाहरु मापदण्डभन्दा वाहिर भए कारवाहीको दायरामा ल्याउने बताउनुभयो ।
त्यस्तै कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले भुकम्प एक सामान्य प्राकृतिक प्रकोप रहेकोले सबैले पहिले नै सावधानी अपनाउनु पर्ने उल्लेख गर्नुभयो । उहाँले नुवाकोट भुकम्पको उच्च जोखिममा रहेकोले कुनैपनि संरचना निर्माण गर्दा भुकम्प प्रतिरोधात्मक हुनुपर्ने बताउनुभयो ।
नेपाल रेडक्रस नुवाकोटले भूकम्पपछि उद्धारमा कसरी संयमित भइ प्राथमिक उपचार गर्ने भन्ने बारे जानकारी गराएको थियो । कार्यक्रममा सुरक्षा निकाय, नुवाकोट उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटी लगायत सरकारी तथा गैरसरकारी कार्यलयमा कार्यरत व्यक्तिहरुको सहभागिता रहको थियो ।
विसं १९९० माघ २ गते दिउँसो २ बजेर २४ मिनेटमा भूकम्प गएको सम्झनामा बिहीबार देशभर विभिन्न कार्यक्रम आयोजना गरी २२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै आइएको छ । भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार नाराका साथ दिवस मनाउन लागिएको हो ।
विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो । भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन थालेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नेपालमा भारतीय पर्यटकको लर्को
बिहीबार एकै दिन ३३ अर्ब १६ करोड रूपैयाँ भुक्तानी
आजको मौसम : देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने
निर्माण व्यवसायीको तर्फबाट सरकारलाई धन्यवाद, विश्वास र समृद्ध नेपालको साझा संकल्प
प्रचण्ड नुवाकोटमा, स्थानिय नेता कार्यकर्तासँग भेट





प्रतिक्रिया