पञ्चकन्या सहकारी सम्मानबाट श्रेष्ठ सम्मानित

विदुर खबर २०७६ पुष २८ गते २०:५४

विदुर – पञ्चकन्या सहकारी सम्मानबाट सहकारी अभियन्ता पूर्णलाल श्रेष्ठ सम्मानित भएका छन् ।

पञ्चकन्या बचत तथा ऋण सहकारीको २०औं साधारणसभाको अवसरमा प्रमुख अतिथी विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले नुवाकोट जिल्लाको सहकारी क्षेत्रमा योगदान पुर्याएकोमा जिल्ला सहकारी संघका पूर्व अध्यक्ष श्रेष्ठलाई सम्मान गरेको हो ।

श्रेष्ठले २०५६ सालदेखि ०६३ सम्म जिल्ला सहकारी संघको अध्यक्ष पदमा रही नुवाकोट जिल्लामा सहकारीको विकासमा अहम् भूमिका खेलेका थिए । सहकारीको अवधारणा अनुसार एक सहकारी एक सदस्यलाई मान्यता दिंदै विदुर कल्याणकारी बहुमुखी सहकारीमा आबद्ध रही सहकारी अभियानमा लागेका छन् ।

समारोहमा गत आवमा असल ऋण कारोबार गरेकोमा सुमन पाठकलाई “उत्कृष्ट ऋणी सदस्य” र असल बचत गरेकोमा कृष्णबहादुर थापालाई “उत्कृष्ट बचतकर्ता सदस्य”बाट सम्मान गरेको छ ।

सहकारीका अध्यक्ष रमेश श्रेष्ठले जिल्लामा सहकारी अभियानमा उल्लेख्य योगदान गर्ने व्यक्तित्वलाई यसैवर्षबाट रु.१० हजार नगद राशी रहने “पञ्चकन्या सहकारी सम्मान”को सुरुवात् गरेको जानकारी दिए।

प्रतिक्रिया