आज पृथ्वी जयन्ती, नुवाकोटमा भव्य कार्यक्रम गरिँदै

विदुर खबर २०७६ पुष २७ गते १०:१४

नुवाकोट । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै आज पृथ्वी जयन्ती मनाइँदै छ ।

Advertisement

गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि.सं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए । भौगोलिक रूपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ ।

यद्यपि, उनको आलोचना पनि उत्तिकै हुने गरेको छ । आलोचकहरुले एकल जाति–नश्ल, एकल संस्कृति, एकल धर्म र सम्प्रदायको वर्चस्व स्थापित गरेको भन्दै उनी राष्ट्र निर्माता नभएको तर्क गर्ने गरेका छन् ।

Advertisement

पृथ्वी जयन्तीको अवसरमा विगतमा सार्वजनिक बिदा दिइने गरेको थियो । तर, पछिल्ला केही वर्षयता बिदा कटौती भएको छ । यद्यपि, राजनीतिक दलसँगै नागरिकस्तरबाट पृथ्वी जयन्ती मनाइने गरेको छ ।

यसैबिच पथ्वी जयन्तीको अवसरमा आज नुवाकोटको विभिन्न स्थानमा भव्य कार्यक्रम गरि मनाइँदै । दिवसको अवसरमा आज नुवाकोटको ऐतिहासिक क्षेत्रहरु नुवाकोटडाँडा, देविघाट लगायत स्थानमा भव्य कार्यक्रमको आयोजना गरिँदै छ ।
दिवसको अवसर पारेर आज नुवाकोटको दुई स्थानिय तह विदुर नगरपालिका र सुर्यगढी गाउँपालिकाले सार्वजनिक विदा दिएको छ ।

Advertisement

प्रतिक्रिया