नुवाकोटको घ्याङफेदीबाट भरुवाबन्दुकसहित एक पक्राउ
विदुर खबर
२०७६ पुष २४ गते २०:३०

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ घ्याङफेदीबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा घ्याङफेदी १ का गुरुदोर्जे शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उनलाई बुधवार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
जंगलमा भरुवा बन्दुक लुकाई भन्ने विशेष सुचनाको आधारमा प्रहरी चौकी समुन्द्रटारबाट खटेको प्रहरीले २ थान बन्दुकसहित पक्राउ गरेको जनाएको छ । उनलाई पक्राउ गरि जिल्ला अदालत नुवाकोटबाट हातहतियार तथा खरखजना सम्बन्धि कसुर मुद्धामा पाँच दिनको म्याद थप गरि हिरासतमा राखीएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख अबिनारायण काफ्लेले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया