विप्लव माओवादीका नुवाकोट सेक्रेटरी विन्तोष पक्राउ

विदुर खबर २०७६ पुष २३ गते १६:५८

नुवाकोट । नुवाकोट प्रहरीले विप्लव माओवादीको जिल्ला सेक्रेटरी विन्तोष सिलवा (अशोक) लाई पक्राउ गरेको छ ।

Advertisement

प्रहरीले सिलवाललाई मंगलबार ककनी गाउँपालिका वडा नम्बर ४ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । सिलवाललाई प्रहरीसँग वादबिबाद तथा अभद्र ब्यबहार गरेको भन्दै पक्राउ गरेको नुवाकोट प्रहरीले जनाएको छ ।
पक्राउ परेका सिलवाललाई सार्वजनिक शान्ति,हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्दको कसूरमा जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट १० दिन म्याद थप गरि अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

नुवाकोटको विदुर नगरपालिका वडा नं २ नुवाकोटडाडाँ, वडा नंं १० गेर्खु, बेलकोटगढी नगरपालिका वडा नंं ४ पेटारेपाखामा एनसेलको टावरमा आगजनी, ककनी गाउँपालिकाको वडा नं १ को वडा कार्यालयमा बम विष्फोटन तथा डर र त्रास दिएर विभिन्न स्थानमा चन्दा सङ्कलन गरेको लगायतका अभियोगमा समेत अशोक संलग्न रहेको प्रहरीले दाबी गरेको छ।

Advertisement

प्रतिक्रिया