सेनाको पदयात्रा टोली नुवाकोटमा

विदुर खबर २०७६ पुष २१ गते ८:४६

नुवाकोट । नेपाली सेनाले शुरु गरेको एकिकरण पदयात्रा टोली नुवाकोट आईतबार नुवाकोट आइपुगेको छ ।

Advertisement

टोली आईतबार विहान नुवाकोट र धादिङको सिमाना भ¥याङभुरुङमा आइपुगको हो । टोलीलाई म्यागङ गाउँपालिकाका अध्यक्ष आशा तामाङ लगायतले स्वागत गरेका हुन । धादिङबाट आएको नेपाली सेनाको दलवित्त दलले नुवाकोटको जबरजंग गणका गणपति उदयबहादुर लाछिानेलाई टर्च र झण्डा हस्तान्तरण गरेको थियो ।

त्यसपछि पदयात्रा टोली सामरी, देउडी, खिन्चेत हुँदै विदुर नगरपालिका वडा नम्बर १० शुभघाटमा आइपुगेको थियो । टोली आईतबार साँझ सोही स्थानमा बास बसेको छ ।

Advertisement

प्रतिक्रिया