गल्छी–त्रिशुली–मैलुङ सडकको काम ६० प्रतिशत सम्पन्न

फाईल फोटो
नुवाकोट । गल्छी–त्रिशुली–मैलुङ–स्वाफ्रुवेशी–रसुवागढी सडक आयोजनाको काम ६० प्रतिशत सम्पन्न भएको छ ।
आयोजनाको काम तीव्र बनाउन नुवाकोटतर्फ मुख्य चुनौती रहेको बेलकोटगढी नगरपालिका–७ स्थित कल्चौडेभिरमा त्रिशूली नदी किनार हुँदै डाइभर्सन बनाएर गाडी आउजाउ नियमित बनाउन लागिएको योजना प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए।
उनको अनुसार धादिङको गल्छीदेखि रसुवाको मैलुङसम्म निर्माण भइरहेको सडकको प्रगति उत्साहजनक नभएकाले नदीमा डाइभर्सन बनाएर नियमित काम गर्न लागिएको हो । डाइभर्सन बनाएर नियमित कार्य सञ्चालन गरेर गल्छी हुँदै देवीघाटदेखि गङ्गटेसम्मको २८ किमि सडक तीन महिनामा सम्पन्न गर्ने लक्ष्य छ ।
हाल यस क्षेत्रका तीन स्थानमा एकैसाथ कालोपत्रे गर्ने काम भइरहेको छ । कल्चौडीभिर र बुधसिंहघाट भिरबाहेक अन्य स्थानमा सडक चौडा गर्ने काम सम्पन्न भइसकेको हुँदा लक्ष्यभित्र कालोपत्रे सम्पन्न गर्न सकिने निर्माण व्यवसायीले जनाएको । मुआब्जा निर्धारण, विद्युतीय खम्बा स्थानन्तरण, सडकको सीमा निर्धारण, पहिरोलगायतका कारण काम गर्न आएको अवरोध हटाउँदै निरन्तररुपमा योजना अघि बढाएको निर्माण व्यवसायी संस्था तुण्डी कन्सट्रक्सने जनाएको छ ।
सडक निर्माणअन्तर्गत ठेकेदार कम्पनीमार्फत भइरहेको ४६ किमिको गल्छीदेखि त्रिशूली हुँदै बेत्रावतीबाट मैलुङसम्मको कार्य कोभेक–टुण्डी–रसुवा कन्स्ट्रक्सनमार्फत भइरहेको छ । “चीनसँगको सीमा क्षेत्र रसुवागढीदेखि धादिङको गल्छीसम्म सडक निर्माणको लागी नेपाल सरकारले ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक योजनामार्फत निर्माण व्यवसायी, नेपाली सेना र चीन सरकारमार्फत तीन खण्डमा काम गरिरहेको छ”, उनले भने, “कार्यालय स्थापनाको समयमा नौ अर्ब ५० करोड रुपैयाँ बजेट प्रक्षेपण गरे पनि त्यो रकम अहिलेनै अपुग हुने देखिएको छ ।” योजनाअन्तर्गत निर्माण भइरहेको विभिन्न स्थानका ११ वटा पुलको प्रगति ३० प्रतिशत छ ।
पृथ्वी राजमार्गस्थित धादिङको गल्छीबाट नुवाकोटको देवीघाट–त्रिशूली–रसुवाको मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी हुँदै चीनको केरुङ प्रवेशद्वारसम्म जोड्ने ८२ किमि सडक निर्माण २०७३ कात्तिक २२ को मन्त्रिपरिषद् निर्णयअनुसार सोही वर्षको पुसदेखि शुरु भएर विसं २०७८ भित्र पूरा गर्ने लक्ष्य रहेको योजना प्रमुख भण्डारीले जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया