ककनीको रानीपौवामा टिफर दुर्घटना, एकको मृत्यु
विदुर खबर
२०७६ पुष १८ गते १०:०६


फाईल फोटो ।
नुवाकोट । नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर ४ रानीपौवाको नाकेढुंङ्गा बिहिबार साँझ साढे ८ बजेतरि बा २ क ३७११ नम्बर टिफर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा टिफर चालक बेलकोटगढी नगरपालिका वडा नम्बर १३ बराहीका अजय लामा रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । पासाङ ल्हामुसडक अन्र्तगत ३५ किलोबाट बालुवा लोड गरी काठमाण्डौ तर्फ जादै टिफर सडबकाट करिव ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालउ नुवाकोटले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया