उपभोत्ता समिति गठनको विषयलाई लिएर नुवाकोटको छहरेमा झडप

विदुर खबर २०७६ पुष १७ गते १९:४८

नुवाकोट । नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर ५ दोबाटेमा बिहिबार दिउँसो नेकपा र कांग्रेसका कार्यकर्ताविच झडप भएको छ ।

Advertisement

वडा नम्बर ५ दोबाटेमा रहेको दोबाटे–आठविसे–डि बगैचा सडकको उपभोत्ता समिति गठनको विषयलाई लिएर नेकपा र कांग्रेस कार्यकर्तावीच झडप भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

झडपमा परी ३ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख असबनारायण काफ्लेले जानकारी दिए । झडपमा परी घाईते हुनेहरुमा तरुण दल थानिसिंहका अध्यक्ष निर्भिक पाठक, जयराम राई र गोपाल राई रहेको बताइएको छ । तर कांग्रेस नेता विनोद पाठकले झडपमा आफ्ना ५ कार्यकर्ता घाईते भएको बताएका छन ।

Advertisement

वडा नम्बर ५ को कार्यालयले उपभोत्ता समिति गठनका लागि बोलाएको बैठकमा एकाएक नेकपाका कार्यकर्ताले आफ्ना कार्यकर्तामाथि खुकुरी प्रहार गरेको पाठकले बताए । घाईतेहरुको अहिले काठमाण्डौमा रहेको विपि स्मृति अस्पतालमा उपचार भइरहेको नेपाली कांग्रैस नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया