उपभोत्ता समिति गठनको विषयलाई लिएर नुवाकोटको छहरेमा झडप
नुवाकोट । नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर ५ दोबाटेमा बिहिबार दिउँसो नेकपा र कांग्रेसका कार्यकर्ताविच झडप भएको छ ।
वडा नम्बर ५ दोबाटेमा रहेको दोबाटे–आठविसे–डि बगैचा सडकको उपभोत्ता समिति गठनको विषयलाई लिएर नेकपा र कांग्रेस कार्यकर्तावीच झडप भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
झडपमा परी ३ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख असबनारायण काफ्लेले जानकारी दिए । झडपमा परी घाईते हुनेहरुमा तरुण दल थानिसिंहका अध्यक्ष निर्भिक पाठक, जयराम राई र गोपाल राई रहेको बताइएको छ । तर कांग्रेस नेता विनोद पाठकले झडपमा आफ्ना ५ कार्यकर्ता घाईते भएको बताएका छन ।
वडा नम्बर ५ को कार्यालयले उपभोत्ता समिति गठनका लागि बोलाएको बैठकमा एकाएक नेकपाका कार्यकर्ताले आफ्ना कार्यकर्तामाथि खुकुरी प्रहार गरेको पाठकले बताए । घाईतेहरुको अहिले काठमाण्डौमा रहेको विपि स्मृति अस्पतालमा उपचार भइरहेको नेपाली कांग्रैस नुवाकोटले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न
नुवाकोटकाे गाउँगाउँमा सुन्तला–कागतीका बिरुवा, कृषकमा पलायो नयाँ आशा
रसुवागढी सीमा नाका दुई दिन बन्द





प्रतिक्रिया