नेकपा नुवाकोटका स्थानिय तहका पदाधिकारीलाई सपथ खुवाइयो
नुवाकोट । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नुवाकोटको १२ वटै स्थानीय तहका पदाधिकारीहरुलाई शपथग्रहण गराईएको छ ।
नेकपा नुवाकोटका इञ्चार्ज महेन्द्र पाण्डेले बाह्रवटै स्थानीयतहका अध्यक्ष, सचिवलाई सपथ ग्रहण गराउनुभएको हो । नेतृत्व चयनको क्रममा दुई पार्टी साविक नेकपा (एमाले) र एकीकृत नेकपा माओवादी केन्द्र मध्ये एक अर्को गरेर बराबर सङ्ख्यामा पद विभाजन गरिएको थियो ।
शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नेकपा नुवाकोटका इञ्चार्ज महेन्द्र पाण्डले पार्टीको मार्गनिर्देहन अनुरुप स्थानिय तहमा काम गर्न आग्रह गर्नुभएको छ । सबैसँग एकाकार भई जनताको माग भाबना अनुसार कार्ययोजना बनाई अगाडि बढ्न
निर्देशन दिनुभएको छ ।
कार्यक्रममा प्रदेश सभा सदस्य एवं नेकपा नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडाले बिगतलाई बिर्सेर गुट÷उपगुट भन्दा माथि रही काम गर्न स्थानिय तहका पदाधिकारीहरुलाई आग्ह गनुृभएको छ । पार्टि प्रति बफादार भई ईमान्दारिताका साथ जिम्मेवारी बहन गर्नको लागी उहाले आग्रह गर्नुभएको छ । कार्यक्रममा प्रदेश सभा सदस्य केशब पाण्डेले आफ्नो पार्टीभित्र एकवद्ध भई पार्टीको निति तथा कार्यक्रम स्थानिय कार्यकर्ता समक्ष पुर्याउन आग्ह गर्नुभएको छ । यस्तै, अर्का प्रदेश सभा सदस्य बद्रि मैनालीले जनताको गुनासो पुरा गर्ने अभिभारा स्थानिय तहका पदाधिकारीको रहेको बताउनभएको छ । उहाले स्थानिय तहका क्रियाशिल सदस्यहलाई संगठित गर्दै संगठन निर्माणमा लाग्नुपर्ने बताउनुभएको छ ।
कार्यक्रममा नेकपा प्रदेश नम्बर ३ का सदस्यहरु सुभद्रा नेपाल, बिन्दा ढुङ्गाना, ठाकुर गजुरेल, बिदु्र नगरपालिका प्रमुख सञ्जु पण्डित लगायतले पार्टीले निर्देशन गरेको सिद्धान्तमा रही स्थानिय तहमा कार्य गर्न आग्रह गरेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया