नुवाकोटको त्रिशुलीबाट लागुऔषधसहित दुई युवक पक्राउ

विदुर खबर २०७६ पुष १४ गते १८:२३

विदुर । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ त्रिशुली बसपार्कबाट लागु औषधसहित २ युवक पक्राउ परेका छन ।

Advertisement

पक्राउ पर्नेमा विदुर नगरपालिका वडा १ त्रिशुलीका १० वर्षिय रमेश केशी(नाम परिवर्तन) र २१ वर्षिय रोहित तामाङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख अभिनारायण काफ्लेले जानकारी दिए । गस्तीमा रहेको प्रहरी टोलीले शंका लागेपछि चेकजाँच गर्दा उनीहरुको साथबाट निट्राभेट नामक लागु औषध ५५ थान र सिरिन्ज २ थान फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

पक्राउ परेका युवकहरुलाई लागू औषध कसूर अन्तर्गत मुद्दा दर्ता गरि जिल्ला अदालतबाट म्याद गरि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले नुवाकोटले जनाएको छ ।

Advertisement

प्रतिक्रिया