पुर्वअर्थमन्त्रि महतद्धारा दुप्चेश्वरमा पक्की पुलको उद्घाटन

विदुर खबर २०७६ पुष १३ गते २०:३०

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं १ र ७ को सिमानामा निर्माण गरिएको कुतुङ खोलाको नवनिर्मित मोटरेबल पक्कि पुलको पुर्व अर्थमन्त्रि तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.रामशरण महतले आईतबार उद्घाटन गरेका छन ।

Advertisement

पुल उद्घाटन गर्दै पुर्व अर्थमन्त्रि डा. महतले आफ्नो पहलमा नुवाकोटमा मात्रै करिव दुई दर्जन भन्दा बढि पक्कि पुल बनेको भन्दै नुवाकोटको बिकाशमा आफु सधैं प्रतिबद्ध रहेको बताए । दुई करोड २९ लाख ५३ हजार ८ सय दुई रुपैयाँ को लागतमा पुल निर्माण गरिएको हो ।

पुल निर्माणले नुवाकोटको बिकट र सबैभन्दा माथिल्लो भेगको रुपमा रहेको दुप्चेश्वर गाउँपालिका वडा १ घ्याङ्गफेदिको बिकाशलाई महत्त्वपूर्ण योगदान पुग्नेमा आफु बिश्वस्त रहेको गाउँपालिकाका अध्यक्ष योबेन्दसिंह तामाङले बिदुर खवरलाई बताए ।

Advertisement

कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसि ,यवा नेता तथा महासमिति सदस्य रमेशकुमार महत, जि पि फाउन्डेसन नुवाकोटको अध्यक्ष रमेशकुमार पाठक , गाउँपालिकका उपाध्यक्ष अन्जु आचार्य , नवनिर्वा्चित नेपाली कांग्रेस दुप्चेश्वर काठमाडौ सम्पर्क समिका अध्यक्ष सुशील खड्का , वडा अध्यक्ष सुनवहादुर तामाङ लगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको नेपाली कांग्रेस नुवाकोटका जिल्ला सदस्य नरेस तामाङल जानकारी दिए ।

निर्माण गरिएको पुलको लम्बाई २५.६ मिटर रहेको छ । पुल निर्माण भएसँगै अब दुप्चेश्वर गाउँपालिका बर्खाको समयमा समेत सडक संजालसँग जोडिने भन्दै स्थानियबासीले खुशी व्यत्त गरेका छन ।

Advertisement

प्रतिक्रिया