नुवाकोटमा महिला उद्यमि र वित्तिय संस्थाविच अन्तरक्रिया सम्पन्न

विदुर खबर २०७६ पुष १३ गते १९:२८

नुवाकोट । नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा महिला उद्यमि, बैंक तथा वित्तिय संस्था विचको अन्र्तक्रिया कार्यक्रम आईतबार सम्पन्न भएको छ ।

Advertisement

विदुरमा संचालित कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारा वहादुर कार्कीले कार्यक्रमको अध्यक्षता गदै व्यवसायि महिलाको व्यवसायको विकासमा काम गर्न नुवाकोट उद्योग वाणिज्य संघ प्रतिवद्ध रहेको वताउनुभयो । व्यवसायिका समस्या समाधानमा क्रियाशिल यस संघले वैंक तथा वित्तिय संस्था र महिला उद्यमि व्यवसायि द्धारा पूँजी व्यवस्थापनमा भोगेका समस्या समाधानका लागि संघले कार्यक्रम आयोजना गरेको वताउनुभयो ।

वेलायति सहयोग नियोग डिएफआईडिको आर्थिक तथा पुर्णिमा कार्यक्रमको प्राविधिक सहयोगमा संचालित कार्यक्रममा पुर्णिमा कार्यक्रम र यसले व्यवसाय महिलाका लागि गर्ने सहयोगका वारेमा पुर्णिमा कार्यक्रमका उद्यम विकास संयोजक चक्रपाणि तिमल्सिनाले वताउनु भएको थियो । कार्यक्रममा महिला व्यवसायिको समस्याको विषयमा लघुउद्यमि संघको तर्फवाट गिता तथा च्याम्वर अफ कर्मर्शको तर्फवाट सन्तुमाया तामाङ तथा नुवाकोट उद्योग वाणिज्य संघको तर्फवाट गिता अमात्यले प्रस्तुतिकरण गर्नुभएको थियो ।

Advertisement

बैंक तथा वित्तिय संस्थाको तर्फ वाट महिला लक्षित कर्जा, सरकारी अनुदान तथा वित्तिय सेवाको विषयमा सहभागि बैंकहरुले प्रस्तुततीकरण गरेका थिए । सरकारले उद्यमि महिलाका लागि ६ प्रतिशत व्याजदरमा १५ लाख रुपैयाँ सम्म ऋण प्रवाह गर्नका लागि निर्देशन दिए पनि विदुरमा रहेका केहि बैंकले मात्र यस्तो सेवा दिईएको र अधिकांस बैंकद्धारा यस्तो सेवा दिन आनाकानि गरेको कार्यक्रममा सहभागी महिलाहरुले गुनासो गरेका थिए । त्यस्तै बैंकका कर्मचारीहरुले महिला व्यवसायिको कर्जाका लागि प्रक्रियागत रुपमा झन्झट दिने तथा राम्रो व्यवहार नगर्ने गरेको गुनासो समेत गरेका थिए ।

कार्यक्रममा व्यवसायि तथा बैंकवाट आएका कुराको निष्कर्ष निकाल्दै सफल महिला व्यवसायि शिव कुमारी डंगोलले महिला व्यवसायिले पुरुषको तुलनामा हरेक क्षेत्रमा वढि समस्या झेलेर मात्र सफल हुने भएकोले व्यवसायमा महिलाको सहभागिता वृद्धिको लागि सरोकारवाला सवैले सहयोग गर्नुपर्ने धारणा व्यत्त गरे ।

Advertisement

नुवाकोट उद्योग वाणिज्य संघ द्धारा व्यवसायिको सहयोगका लागि व्यवसाय सहायता कक्ष मार्फत विभिन्न बैंक तथा वित्तिय संस्थाको ऋण प्रवाहको वारेमा जानकारी दिने तथा व्यवसायिक योजना लगायत कागज पत्र निर्माणमा निःशुल्क रुपमा सहयोग गरिरहेको छ । हाल सहायता कक्ष प्रभावकारी वन्दै गएको र दैनिक रुपमा व्यवसायि द्धारा कक्षको सेवा लिने गरेको जानकारी संघले गराएको थियो ।

प्रतिक्रिया