सोमालियाको राजधानीमा कार बम विस्फोट, ७६ जनाको मृत्यु

विदुर खबर २०७६ पुष १३ गते ७:३९

मोगादिसु ।  सोमालियाको राजधानी मोगादिसुमा शनिबार गरिएको कार बम विस्फोटमा कम्तीमा ७६ जनाको मृत्यु भएको छ । बिहानको व्यस्त समयमा राजधानीको व्यस्त सडकमा रहेको सुरक्षा चेकपोस्टमा बम विस्फोट गराइएको बीबीसीले उल्लेख गरेको छ ।

Advertisement

मदिना अस्पतालका निर्देशक डाक्टर मोहम्मद युसुफले भने, ‘हामीले अहिलेसम्म ७६ शव संकलन गरिसकेका छौं ।’ उनले मृतकको संख्या बढ्न सक्ने जनाए । सोमालियाका एक सांसद मोहम्मद अब्दिरिजाकले मृत्यु हुनेको संख्या ९० भन्दा बढी भएको बताएका छन् । यद्यपि, त्यसको पुष्टि भइसकेको छैन । उनका अनुसार मृत्यु हुनेहरूमध्ये अधिकांश विश्वविद्यालयका विद्यार्थी छन् ।

प्रत्यक्षदर्शीहरूले बम विस्फोटसँगै घटनास्थलमा रक्तपात देखेको बताएका छन् । ‘मैले दर्जनौं शवहरू छरिएका देखें,’ विस्फोटको समय नजिकै रहेका सकारिए अब्दुकादिरले भने । सोमालियाका पूर्वगृहमन्त्रीले आक्रमणलाई दानवीय कार्यको संज्ञा दिँदै घटनामा जीवन गुमाएकाहरूको मृत आत्मालाई चिरशान्तिको कामना गरेका छन् ।

Advertisement

प्रतिक्रिया