नेकपा नुवाकोटका एकसयभन्दा बढी कार्यकर्ता कांग्रेस प्रवेश

विदुर खबर २०७६ पुष १२ गते २०:५९

नुवाकोट । नेकपा नुवाकोटका एकसयभन्दा बढी कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन ।

Advertisement

शनिवार नेपाली कांग्रेस दुप्चेश्वर गाउँपालिका वडा नम्बर ७ कार्यसमितिद्धारा आयोजना गरेको कार्यकर्ता भेलामा एकसय १३ जना नेकपाका कार्यकर्ता पार्टी परित्याग गरि कांग्रेस प्रवेश गरेको नेपाली कांग्रेस नुवाकोटले जनाएको छ ।

दुई तिहाईको सरकार हँुदा समेत चुनावमा गरेका बाचाहरु पूरा गर्न नसकेको कांग्रेसले गरेको काम भन्दा थप नया बिकाश निर्माणका काम गर्न नसकेको भन्दै बिकाश निर्माणको लागि नेपाली कांग्रेस ठिक भएको भन्दै युवाहरु पार्टी प्रवेश गरेको नेपालि कांग्रेसका जिल्ला सदस्य तथा दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योबेन्दसिंह तामाङले जानाकारी दिए ।

Advertisement

कार्यक्रम पुर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.रामशरण महतले कम्युनिष्टहरुलाई अबको केही वर्षमा शिलोमा बदाम खोजेजस्तै खोज्नुपर्ने बताए । त्यस्तै कार्यक्रममा पुर्वमन्त्री तथा कांग्रेस नेता अर्जुननरसिंह केसीले सरकारले विकास निर्माणको नाममा बाटो मात्र खनेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसी तथा महासमिति सदस्य रमेशकुमार महत लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

Advertisement

प्रतिक्रिया