नेकपा नुवाकोटका एकसयभन्दा बढी कार्यकर्ता कांग्रेस प्रवेश
नुवाकोट । नेकपा नुवाकोटका एकसयभन्दा बढी कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन ।
शनिवार नेपाली कांग्रेस दुप्चेश्वर गाउँपालिका वडा नम्बर ७ कार्यसमितिद्धारा आयोजना गरेको कार्यकर्ता भेलामा एकसय १३ जना नेकपाका कार्यकर्ता पार्टी परित्याग गरि कांग्रेस प्रवेश गरेको नेपाली कांग्रेस नुवाकोटले जनाएको छ ।
दुई तिहाईको सरकार हँुदा समेत चुनावमा गरेका बाचाहरु पूरा गर्न नसकेको कांग्रेसले गरेको काम भन्दा थप नया बिकाश निर्माणका काम गर्न नसकेको भन्दै बिकाश निर्माणको लागि नेपाली कांग्रेस ठिक भएको भन्दै युवाहरु पार्टी प्रवेश गरेको नेपालि कांग्रेसका जिल्ला सदस्य तथा दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योबेन्दसिंह तामाङले जानाकारी दिए ।
कार्यक्रम पुर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.रामशरण महतले कम्युनिष्टहरुलाई अबको केही वर्षमा शिलोमा बदाम खोजेजस्तै खोज्नुपर्ने बताए । त्यस्तै कार्यक्रममा पुर्वमन्त्री तथा कांग्रेस नेता अर्जुननरसिंह केसीले सरकारले विकास निर्माणको नाममा बाटो मात्र खनेको भन्दै असन्तुष्टि व्यक्त गरे ।
कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसी तथा महासमिति सदस्य रमेशकुमार महत लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया