नुवाकोटको पुननिर्माणमा दुप्चेश्वर गाउँपालिका अगाडी

विदुर खबर २०७६ पुष १२ गते १६:५०

नुवाकोट । नुवाकोटको पुन निर्माणमा दुप्चेश्वर गाउँपालिका अगाडी देखिएको छ ।

Advertisement

राष्ट्रिय पुननिर्माण प्राधिकरणको पाँचौ स्थापना दिवस तथा पुन निर्माण सम्पन्न वडा घोषणा कार्यक्रममा दुप्चेशवर गाउँपालिका पुननिर्माणमा अगाडी रहेको जानकारी दिइएको हो ।

नुवाकोटमा रहेका १२ वटा स्थानिय तहमध्ये दुप्चेश्वर गाउँपालिकामा ८८ प्रतिशत पुननिर्माण सम्पन्न भएको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्यन इकाई अनुदान व्यवस्थापन तथा स्थानिय पुर्वाधार कार्यालयका निमित्त प्रमुख शम्भुकुमार शाहाले बताए । त्यस्तै म्यागङ गाउँपालिकामा ७७.८९ प्रतिशत, किस्पाङ र तादी गाउँपालिकामा ८४ प्रतिशत,तारकेश्वरमा ८१ प्रतिशत र सुर्यगढीमा ८० प्रतिशत पुन निर्माण सम्पन्न भएको पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्यन इकाई अनुदान व्यवस्थापन तथा स्थानिय पुर्वाधारले जनाएको छ ।

Advertisement

त्यस्तै सबैभन्दा कम बेलकोटगढी नगरपालिकामा पुननिर्माण सम्पन्न भएको छ । कार्यालयका अनुसार बेलकोटगढीमा ६१ प्रतिशत पुन निर्माण सम्पन्न हुँदा नुवाकोटको सदरमुकाम विदुर नगरपालिकाले ७२ प्रतिशत पुननिर्माण सम्पन्न गरेको छ ।

प्रतिक्रिया