भन्सार छली ल्याएका ५५ लाखका समानसहित नुवाकोटका रेश्मा श्रेष्ठ पक्राउ
विदुर खबर
२०७६ पुष १० गते १९:०७
नुवाकोट । महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरी टोलीले भन्सार छली ल्याएका करीव ५५ लाख रूपैया बराबरका विद्युतिय समानहरूसहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले बुधबार राती साढे आठ बजे काठमाण्डौ महानगरपालिका-२५ टेंगालबाट गुहेश्वरी बस्ने २७ वर्षीय निकेश शाक्य र लैनचौर बस्ने नुवाकोटका रेश्मा श्रेष्ठलाई नियन्त्रणमा लिएको हो । टेगाल स्थित हरिबहादुर श्रेष्ठको घर खानतलासी गर्दा २ वटा कोठाबाट प्रहरीले नगद १५ लाख ७७ हजार,एनएमबि बैकंको ५ लाख ७३ हजारको चेक बरामद गरेको छ ।
यसै गरी आई प्याड २३ थान, आई फोन-११ १८ थान, एप्पल घडि ९ थान, वारलेस इएरफोन ६ थान, एप्पल पेन्सिल १ थान, म्याजिक मायस १ थान, स्यामसुङ मोबाइल १५ थान, क्यामरा लेन्स १ थान समेत बरामद गरेको छ । घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया