नहरमा डुबेर नुवाकोटको तुप्चेमा बालकको ज्यान गयो
विदुर खबर
२०७६ पुष ९ गते १९:११
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ७ तुप्चेका १४ वर्षिय बालक शंकर तामाङको नहरमा डुबेर ज्यान गएको छ ।
विहान मर्डिङ वाक गर्न गएका तामाङ हेम पाइपको कलभर्ट बाट त्रिशुली जलबिधुतको नहरमा खसी बेपत्ता भएका थिए । उनलाई खसेको स्थानबाट दक्षिणतर्फ करिव १.५ किलोमिटर टाढा त्रिशुलि हाइड्रोपावरको ड्याम सिल ट्याङ्कीमा मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरिक्षक अभिनारायण काफ्लेले जानकारी दिए ।
मृतक बालकको शव परिक्षणको लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया