लागुऔषध मुद्धामा नुवाकोटका सक्षम वस्ती जेल चलान

विदुर खबर २०७६ पुष ७ गते २१:१७

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ का २१ वर्षिय सक्षम वस्तीलाई लागु औषध तथा चोरी कसुर सम्बन्धि मुद्धामा जेल चलान गरिएको छ ।

Advertisement

यहि मंसिर ८ गते विदुर नगरपालिका वडा नम्बर १० बेत्रावतिको छुट्टाछुट्टै स्थानमा चोरीको घटनामा संलग्न भएको तथा खानतलासी गर्दा लागुऔषध जन्य पदार्थ गाँजा र नाईट्राभेट समेत बरामद भएकोमा उनलाई जिल्ला अदालत पेश गरिएको थियो ।

जिल्ला अदालत नुवाकोटले उनलाई पुर्पक्षको सोमबार कारागार पठाउन आदेश दिएको हो ।

Advertisement

प्रतिक्रिया